+
+
Shares

पत्रकार राजु बस्नेतलाई रिहा गर्न कांग्रेस नेता कोइरालाको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २७ गते १४:४२

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हिरासतमा राखिएका खोजतलास डटकमका पत्रकार  राजु बस्नेतलाई रिहा गर्न माग गरेका छन् ।

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ पर्नु दुखद भन्दै उनले यो घटना प्रेस स्वतन्त्रतामाथि बोलिएको धावा र ठाडो हस्तक्षेप भएको बताए । नेता कोइरालाले फरक विचार राखेको कारणले बस्नेतलाई सरकारले पक्राउ गरेको पनि आरोप लगाए ।

खोजतलास डटकममा प्रकाशित दृष्टि साप्ताहिकको एक समाचारको विषयमा प्रहरीले उक्त अनलाइनका प्रधान सम्पादक राजु बस्नेतलाई पक्राउ गरेको थियो ।

‘हिरासतमा राखिएका पत्रकार बस्नेतको तत्काल रिहा नगरिए र स्वतन्त्र प्रेसमाथिको ज्यादती र उदण्डता नरोकिए सरकारले ठूलो मुल्य चुकाउनु पर्नेहुन्छ’ कोइरालाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?