+
+
Shares

गभर्नर नियुक्तिमा चलखेलको आशंका गर्दै शेखरले भने : अर्थतन्त्रमा खेलाँची नहोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १४:२२

२४ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तमा बिचौलिया हाबी हुन लागेको सुनेको बताउँदै कोइरालाले अर्थतन्त्रमा खेलाँची नगर्न सरकारलाई चेतावनी दिए ।

गभर्नर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने त्यसमा सरकारलाई चुनौती दिने बताउँदै उनले भने, ‘सरकारका लागि दुर्भाग्य त हुन्छ नै । नेपालका लागि पनि दुर्भाग्य हुन्छ । यो अन्त्यन्त गम्भीर विषय हो ।’

डा. सुमन कोइरालाद्वारा लिखित ‘कात्रोमा खल्ती’ पुस्तकको काठमाडौंमा बिमोचन कार्यक्रममा कोइरालाले वर्तमान सरकारले सुशासनको प्रत्याभूति गर्न नसकेको बताए ।

कांग्रेस र एमालेको सरकार बनाउँदा गरिएको परिकल्पना सत्ता सञ्चालन नभएको कोइरालाको टिप्पणी थियो ।

सरकार गठन हुँदा संविधान संशोधनको मुद्दा उल्लेख गरिए पनि त्यसप्रति प्रक्रिया अघि नबढेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?