1. ताजा अपडेट
Comments Add Comment

स्कोडा कोडियाक नेपाली बजारमा

२७ भदौ, काठमाडौं । नेपालका लागि स्कोडा ब्रान्डका कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले स्पोर्टी लुक्स, क्रिस्टलाइन डिजाइन, क्लासकै उत्कृष्ट सुरक्षा व्यवस्था र ‘सिप्ल क्लेभर’ फिचार भएको अल न्यु स्कोडा कोडियाक नेपाली बजारमा ल्याएको छ । कोडियाक स्कोडाको पहिलो ‘सेभेन सिटर’ एसयुभी हो जसमा शक्तिशाली २ लिटरको डिजेल इन्जिन, ४ बाई ४ अल-ह्विल ड्राइभ सिस्टम, ७ स्पिडको गियर बक्स तथा १६.२५ किलोमिटर प्रति लिटर बराबरको माइलेज जस्ता विशेषता रहेका छन् ।

४.७ मिटर लामो यो एसयुभीमा क्लासकै सबैभन्दा ठूलो बुट स्पेस रहेको छ । यसको डिजाइन, इन्टेरियर स्पेर, प्राक्टिकल इन्टेलिजेन्स र इनोभेटिभ टेक्नोलोजीले स्कोडा कोडियाकलाई हाईक्लास एसयुभी बनाएको छ । स्कोडा कोडियाक नेपालभरका स्कोडा सोरुममा ‘क्वार्ज ग्रे’, ‘मुन ह्वाईट’, ‘म्याजिक ब्ल्याक’, ‘लाभा ब्लु’ र ‘लाभा रेड’ गरी पाँच आकर्षक कलरमा उपलब्ध हुनेछन् ।

‘नेपालमा फुल-साइज्ड एसयुभीको माग निरन्तर बढिरहेको छ । यो मागलाई सम्बोधन गर्न हामीले यो शक्तिशाली तैपनि सुन्दर कारलाई ल्याएका हौं । यो स्कोडाको पहिलो एसयुभी हो जसलाई युरोपेली एसयुभीप्रेमीले स्वीकारिसकेका छन्,’ एमएडब्लु स्कोडाका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कोडियाकसँगै हामी अब नयाँ सेग्मेन्ट र ग्राहकमाझ पुगेका छौं ।’

‘स्कोडा ब्रान्डले वाचा गरेका सबै गुण कोडियाकमा उपलब्ध छन् । हायर सेग्मेन्टमा पि्रमियम र इनोभेटिभ मानिने फिचरहरु पनि यसमा छन् । कोडियाकले पर्फमेन्स, कम्फोर्ट, सेफ्टी र बेस्ट इन क्लास टेक्नोलोजी छन् जसले नेपाली ग्राहकको आवश्यकतालाई सम्बोधन गर्छ । हामीलाई विश्वास छ यो नयाँ एसयुभीले अफरोडिङमा एउटा मापदण्ड स्थापित गर्नेछ,’ अग्रवालले अगाडि भने ।

‘पावर’ झल्किने डिजाइन

स्कोडा कोडियाक प्रभावशाली छ- चौडा, थ्रि-डाइमेनसनल रेडियटर गि्रल सबैभन्दा बढी उल्लेखनीय छ । फुल लिड टेक्नोलोजी भएको हेडलाइटले सडकमा कोडियाकको उपस्थितिलाई बलियो बनाउनेछ । यो कारको दायाँबाया र पछाडिको लुक्स पनि अतुलनीय छ । यसका ढोकाहरु सुन्दर र टेलगेट पनि उच्चकोटीको छ ।

प्रिमियम इन्टेरियर

कोडियाकमा अद्वितीय इन्टेरियर स्पेस छ । यसको इन्टेरियर बोल्ड भर्टिकल इलेमेन्टहरु छन् जस्तो कि चार वटा ठूला एयर भेन्ट । ठूलो गोलो इन्स्ट्रयुमेन्ट प्यानेलको डिजाइन गज्जबको छ ।यसमा थ्रि -जोन क्लाइमाट्रोनिक र पछाडिको सिटमा छुट्टै कन्ट्रोल गर्ने सिस्टम छ । अगाडिका सिटहरुलाई इलेक्टि्रकली एड्जस्ट गर्न सकिन्छ र यसमा मेमोरी फंक्सन पनि छ ।

इन्जिन र ट्रान्समिसन

२.० टिडिआईको इन्जिनले ११० किलोवाट -१५०पीएस) र ३४० एनएम बराबरको उर्जा उत्पन्न गर्छ । यसको माइलेज सरदरमा १६.२५ किलोमिटर प्रति लिटर रहेको छ । कोडियाकले मात्र १०.१ सेकेन्डमा आफ्नो स्पिड ० बाट १०० किमी प्रति घन्टामा पुर्‍याउन सक्छ भने यसको अधिकतम स्पिड १९२ किमी प्रति घन्टा रहेको छ ।

फोर-ह्विल ड्राइभमा विद्युतीय रुपमा नियन्त्रण गर्ने मल्टि-प्लेट क्लच रहेको छ जसले कोडियाकलाई अफ-रोडका लागि उपयुक्त बनाएको छ । कन्ट्रोल युनिटले निरन्तररुपमा ड्राइभिङ टर्कको आँकलन गर्छ र यसले गर्दा जस्तोसुकै अवस्थाको सडकमा यो मज्जाले गुड्छ ।

सुरक्षा र आराम

कोडियामा ९ वटा एयरब्याग छन जसले सुरक्षामा स्कोडाको जोडलाई दर्शाउँछ । कोडियाकको ‘ह्यान्ड फ्रि’ पार्किङ प्रविधिले गर्दा कोडियाक आफैंले साँगुरा स्थानमा अटोम्याटिकली पार्किङ छ । यसका लागि पार्किङ स्पेस कोडियाकको आकारभन्दा ६० सेन्टिमिटर मात्र बढी भए पुग्छ ।

साथै, मल्टि-कोलिजन ब्रेकले दुर्घटना भएको अवस्थामा कारको अनियन्त्रित चाललाई रोक्छ । यसमा इलेक्टि्रकली-एड्जस्टेबल पानारोमिक सनरुफपछि छ जसबाट यात्रीले बाहिरी दृश्य र स्वच्छ हावाको अनुभव गर्न सक्छन् ।

इन्फोटेनमेन्ट र कनेक्टिभिटी

कोडियाकमा रहेको एम्युन्डसेन म्युजिक र इन्फोटेनमेन्ट सिस्टमले पछिल्लो प्रविधिलाई झल्काउँछ । पहिलो पटक यसमा एप्पल कारप्ले, एन्ड्रोइड अटो र मिररलिंकसहितको स्मार्टलिंकजडान गरिएको छ । नयाँ कारमा सबवुफरसहित १० स्पिकर वटा छन् ।

कोडियाकको अर्को उल्लेखनीय विशेषता भनेको ‘भर्चुअल पेडल’ हो जसका माध्यमबाट हातको प्रयोग नगरिकनै खुट्टा उठाएरै बुट खोल्न सकिन्छ । यसको बुट स्पेर २७० लिटर छ । दोस्रो र तेस्रो लहरको सिट फोल्ड गरेर कोडियाकको बुटस्पेसलाई २००५ लिटरसम्म बनाउन सकिन्छ । गाडीको ढोका नठोक्कियोस् र कोरियोस् भन्नका लागि डोर एज प्रोटेक्सन राखिएको छ ।

नेपाली बजारमा यसको मूल्य एक करोड ४९ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

18%

दुःखी

35%

अचम्मित

35%

उत्साहित

12%

आक्रोशित

ट्रेन्डिङ

Advertisment