+
+
Shares

शाकाहारी श्रृष्टी

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २८ गते ११:५४

पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ अहिले निकै दुब्लाएकी छिन् । उनको फिगर हेर्दा पनि लाग्छ, उनले तौल निकै कम गरेकी हुन् । तर, श्रृष्टीले कसरी तौल घटाइन् होला त ?

श्रृष्टी भन्छिन्-‘म १ बर्ष अगाडि शाकाहारी भएकी हुँ । माछा-मासु खान छाडेपछि मेरो तौल घट्यो ।’ नयाँ चलचित्र ‘बाँध मायाले’को प्रचारमा व्यस्त श्रृष्टी यो चलचित्रबाट निकै आशावादी छिन् । बाहिरी दुनियाँमा श्रृष्टीको स्टाइल जस्तो छ, त्यस्तो चलचित्रमा देख्न मुश्किल नै पर्छ ।

श्रृष्टी आफूलाई शान्त वातावरण मनपर्ने बताउँछिन् । उनले भनिन्-‘मलाई त्यस्तो केही ठूलो कुरा चाहिदैन । दिमागलाई शान्त बनाएर कतै बस्न पाएँ भने आनन्द आउँछ ।’

निकै कम बोल्ने श्रृष्टी चलचित्र क्षेत्रमा लामो रेशको घोडा बन्ने सोचमा छिन् ।

 

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?