Comments Add Comment

काभ्रेबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिंगो

२८ भदौ, काठमाडौं । इन्द्रजात्रामा ठड्याइने लिंगोका लागि नालाबाट काठ ल्याइएको छ । नेवारी समुदायले भक्तपुर र काभ्रेको सिमानामा पर्ने नालादेखि बसन्तपुरसम्म तानेर ल्याएका हुन् ।

भदौ २६ गते राति ९:३० बजे पुजाअर्चना गरेर रुख ढालेको थियो । बुधबार त्यो लिङ्ग भक्तपुरको ठिमीमा ल्याएर राखेको थियो भने बिहीबार ठिमीबाट बसन्तपुरसम्म ल्याइएको छ ।

लिङ्गोका रूपमा प्रयोग गरिने काठको लम्बाई ३६ हात छ । भदौ ५ गते बसन्तपुरमा इन्द्रजात्राको लिङ्गो ठड्याइनेछ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी काठमाडौं उपत्यका र यस आसपासका जिल्लाहरुमा विशेष हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइन्छ । भाद्र शुक्लपक्ष द्वादशीको दिनदेखि आठ दिनसम्म मनाइने यस जात्राको प्रमुख कार्य लिंगो स्थापना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment