Comments Add Comment

बर्षा र संजोग छुट्टिदाको त्यो पल…

गहिरो प्रेममा रहेका नायका संजोग कोइराला र नायिका बर्षा राउतको प्रेम त्रिभुवन विमानस्थलमा देखियो । जापानमा आयोजना हुन लागेको अवार्डमा सहभागी हुन बर्षा मात्र त्यता उडिन् । बर्षालाई विमानस्थलमा छोड्न पुगेका संजोग उनीसँग केही दिनका लागि छुट्टदिा गाह्रो मानिरहेका थिए ।

बर्षा ले आफूले अवार्ड पाउने कुरालाई जुरीको हातमा नै छोडिदिइन् । तर, जुरीले सही निर्णय गर्ने विश्वास उनको छ । हालैमात्र बर्षाको सिउँदोमा सिन्दुर भएको तस्बिर चर्चामा आएको छ । यो बिषयमा संजोग र बर्षाले भने-‘त्यो धेरै पहिले एउटा विज्ञापनका लागि खिचिएको तस्बिर हो ।’

के तपाइहरु भिडियोमा सिन्दुर हाल्नुपर्ने दृश्य आयो भने दिनुहुन्छ भन्ने प्रश्नमा दुबैले हाँस्दै तयार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment