Comments Add Comment

संघीयता अावश्यक नभएको जनतालार्इ पनि महसुस भयोः चित्रबहादुर केसी

२९ भदौ, कैलाली । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको आवश्यकता नरहेको जनतालाई समेत महसुस भइसकेको बताएका छन् ।

अहिलेसम्म आफ्नो पार्टीले संघीयताको विपक्षमा अडान लिर्दै आएको भएपनि अब जनतालले समेत संघीयता आवश्यक नभएको महसुस गरिसकेको केसीको दावी छ ।

प्रगतिशील पत्रकार संघ कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले रेमिट्यान्सले मात्रै संघीयता चल्न नसक्ने बताए ।

संघीयतालाई जनमोर्चाले मात्रै नभइ कांग्रेस र एमालले पनि नचाहेका कारण ढिलो चाँडो अन्तत्य हुने जिकिर गरे ।

नेपालमा धेरै ठूलो राजनैतिक परिर्वतन ल्याउँन जनताले बलिदान गरेपनि जनताको दैनिकीमा खासै परिर्वतन नआएको केसीले बताए ।

केही सिमित व्यक्तिका लागि मात्रै नेपालमा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता लागू भएको उनले टिप्पणी गरे ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले देशमा सञ्चालन भएका आयोजनको कामलाई गति दिन छोडेर नेताहरु आˆनो सेवा सुविधामा लागेको आरोप लगाए ।

दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकार बलात्कार, हत्या हिंसा, महङगी, भ्रष्टाचार रोक्न असफल भएको भन्दै केसीले कञ्चनपुरमा बलात्कार पछि निर्मला पन्तको हत्यारालाई सरकारले कानुनी दायरामा ल्याउन नसकेकोप्रति आक्रोश व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment