Comments Add Comment

वाइल्ड विज्डम क्विजको विजेता बन्यो डायमन्ड पब्लिक एकेडेमी

२९ भदौ, काठमाडौं । वाइल्ड विज्डम क्विजको उपाधि डायमन्ड पब्लिक एकेडेमी कञ्चनपुरले जितेको छ । यो प्रतियोगिता विश्व वन्यजन्तु कोष -डब्लुडब्लएफ)ले आयोजना गरेको हो । डायमन्ड पब्लिकका उमेश चन्द र सचिन चन्द प्रतियोगितामा सहभागी थिए ।

यो प्रतियोगितामा २१० विद्यालयमा ४१० विद्यार्थी सहभागी थिए । अब विजेता टोलीले दिल्लीमा हुने एयसियाकै ठूलो वाइल्डलाइफ क्विजमा भाग लिन पाउनेछ । यो प्रतियोगिता आगामी ४ अक्टोबरमा हुँदैछ । प्रतियोगितामा चितवन, बारा, मकवानपुर, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका विद्यार्थीहरु सहभागी थिए ।

प्रतियोगितामा काठमाडौंका बेबिलोन नेशनल स्कुलले दोस्रो र प्याराडाइज स्कुलले तेस्रो स्थान हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment