+
+

टोखा नगरपालिकामा सामसङले दियो सूचना तथा प्रविधि सम्बन्धी तालिम

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३१ गते ९:५४

३१ भदौ, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स कोरियाको प्राविधिक सहयोगमा टोखा नगरपालिकाद्वारा आयोजना गरिएको ५ दिने सूचना तथा प्रविधी सम्बन्धी तालिम आज सम्पन्न भएको छ । स्थानीय युवाहरुलाई विभिन्न हार्डवेर तथा सफ्टवेरमा आधारित एप्लिकेशनको तालिम प्रदान गर्नु यसको प्रमुख उद्देश्य रहेको छ ।

सेप्टेम्बर ९ तारिख २०१८ देखि सुरु गरिएको उक्त तालिम कार्यक्रममा सामसङ कोरियाका वरिष्ठ इन्जिनियरहरुले टोखा नगरपालिकाद्वारा छनौट गरेका १०० जना प्रशिक्षार्थीहरुलाई ग्राफिक डिजाइन, वेभसाइट डिजाइन, कम्प्युटर मर्मत तथा स्मार्ट फोन मर्मतको आधारभूत तालिम दिएका थिए ।

सहभागीहरु मध्ये ६० प्रतिशत स्थानीय महिलाहरुको सहभागीता रहेको थियो । सामसङ कोरियाले तालिममा उत्कृष्ट गर्ने २० जना प्रशिक्षार्थीहरुलाई उनीहरुले छानेको विषयमा अझ दक्ष बनाउनकालागि थप ३ महिनाको तालिमको पनि व्यवस्था गरेको छ । तालिम लिपफ्रग टेक्नोलोजि इं तथा माइक्रो लिङ्क इन्स्टिच्युट मार्फत दिइने छ ।

उक्त कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा नेपालका लागि कोरियाका राजदूत पार्क योङ–सिकको पनि सहभागीता रहेको थियो । तालिम प्रदान गर्न कोरियाबाट ४० जना प्राविधिक सहस्यहरु आएका थिए ।

सामसङले विगत ८ वर्ष देखि विभिन्न देशहरुमा समुदायको समग्र विकास गर्ने उद्देश्य सहित यसकिसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । यसै सिलसिलामा नेपालमा सामसङले यस्तो कार्यक्रम दोस्रो पटक आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?