Comments Add Comment

मेस्सीलाई भित्र्याउने बेकह्यामको महत्वाकांक्षी योजना

३१ भदौ, काठमाडौं । ईंग्ल्यान्डका पूर्व फुटबलर डेभिड बेकहृयामले स्थापना गरेको अमेरिकी फुटबल क्लब इन्टर मियामीले पहिलो सिजनमै लिओनल मेस्सीलाई भित्र्याउने महत्वाकांक्षी योजना बनाएको छ ।

अर्जेन्टिनी स्टार मेस्सी बार्सिलोनाका गोलमसिन हुन् । अहिले बार्सिलोनाको सिंगो टिम उनकै वरिपरी घुमेको छ ।

१३ वर्षको उमेरमा नै बार्सिलोना आवद्ध भएका उनले बार्सिलोनाबाट सबै उपाधि जितिसकेका छन् । स्पेनिस क्लब बार्सिलोनामा मेस्सीको सम्झौता २०२०-२१ को सिजनसम्म छ ।

यदि मियामीले ठूलो अफर गरेमा २०२० को सिजनका लागि आकर्षित हुनसक्ने बताइन्छ । बेकह्यामको क्लबसँग निकट स्रोतले मेस्सीसँग कुराकानी हुन बाँकी रहेको भए पनि उनलाई अफर गर्ने सम्भावना प्रबल रहेको जानकारी दिएको डेली मेलले जनाएको छ ।

मेस्सीले विगतमा आफ्नो करिअर नाउ क्याम्पमै अन्त्य गर्ने बताएका थिए । उनी यूरोपका अन्य क्लबमा स्थानान्तरण हुने सम्भावना न्यून छ । तर, कतिपयले भने भावुकतावस अर्जेन्टिनाको क्लब फुटबलमा फर्किन सक्ने पनि कतिपयले आँकलन गरेका छन् ।

राष्ट्रिय टिमबाट खेल्दा भोगेको समस्याले गर्दा यो सम्भावना पनि झिनो रहेको समाचारमा उल्लेख छ । अर्कोतर्फ ७० प्रतिशत ल्याटिनोको जनसंख्या रहेको मियामीमा बेकह्यामका लागि खेल्दा मेस्सी र उनको परिवारलाई बढी स्वतन्त्रता प्राप्त हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment