+
+
Shares

भगौडा प्रहरीको ठाउँमा भर्ती गराइदिने भन्दै साढे २ लाख असुली !

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३१ गते १३:१४

३१ भदौ, काठमाडौं । प्रहरी जवानमा भर्ती गराइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ लिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–१, चरिकोट घर भइ पेप्सिखोला बस्ने कालिबहादुर लामा छन् ।

लामासहितका व्यक्तिहरुले सल्यानका २० वर्षीय गणेश भण्डारीसहितका व्यक्तिहरुलाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गरेका थिए ।

प्रहरी जवान पदमा भगौडा भएको खाली ठाउँमा भर्ती गराइदिने उनीहरुले प्रलोभन देखाएको प्रहरीको भनाइ छ ।

उनलाई काठमाडौं प्रहरीले काठमाडौं–५, महाराजगञ्जबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?