Comments Add Comment

गोरखामा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय स्थापना

३१ भदौ, गोरखा । ऊर्जा, जल उत्पन्न र सिंचाइ हेर्ने गरी गोरखामा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय स्थापना भएको छ ।

प्रदेश सरकारको मातहात रहने उक्त कार्यालयको आइतबा एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका छन् ।

प्रदेशको ११ वटै जिल्लामा कार्यालय स्थापना गर्ने योजनाका साथ गोरखामा कार्यालय स्थापना गरिएको मन्त्रालयका सचिव इश्वर चन्द्र मरहट्टाले बताए । यस अघि कास्की जिल्लामा कार्यालय स्थापना भइसकेको छ ।

कार्यालयको उद्घाटन पश्चात बोल्दै मन्त्री बस्नेतले प्रदेशले भौतिक पूर्वाधारका कामहरु सुरु गरेको बताए । ‘हामीले नीति तथा वजेट ल्यायौं तर कार्यान्वयन गर्ने निकाय नहुँदा प्रदेश सरकारले काम गर्दैन भन्ने हल्ला थियो,’ उनले भने, ‘तर अवब हामीले काम सुरु गरिसकेका छौ ।’

प्रदेश सरकारले ल्याएको नीति तथा वजेट कार्यान्वयनका लागि जिल्ला जिल्लामा कार्यालय स्थापना गरिएको मन्त्री बस्नेतले बताए । जिल्लामा अन्य कार्यालयहरु पनि स्थापनाको तयारी भइरहेको उनको भनाइ छ ।

यसअघि सिँचाइको क्षेत्रमा मात्र काम गर्दै आएको सिँचाइ डिभिजन कार्यालयमा थप जिम्मेवारीका साथ जल स्रोत तथा सिँचाइ डिभिजन कार्यालय स्थापना गरिएको मन्त्री बस्नेतले जानकारी दिए ।

कार्यालयको जिम्मेवारी थपिएको भन्दै मन्त्री बस्नेतले जनताको काममा ढिलासुस्ती नगरी प्रभावकारी सेवा प्रवाह गर्न कार्यालयका प्रमुख एवं कर्मचारीहरुलाई निर्देशन दिएका छन् । ‘नयाँ शासन व्यवस्था अनुरुप अहिले कार्यालयहरु मर्ज हुने र खुल्ने भइरहेका छन्, अव हिजोको कार्यशैलीले हामीले काम गर्‍यौ भने जनताले सुख पाउदैनन्, त्यसैले अब काम गर्ने सन्दर्भमा जनताको काममा ढिलाइ हुनु हुदैन,’ उनले भने ।

गण्डकी प्रदेशलाई दुई वर्षभित्र उज्यालो प्रदेश घोषणा गर्ने प्रदेश सरकारको लक्ष्यलाइ उक्त कार्यालयले सहयोग पुर्‍याउने उनको भनाइ छ ।

सिँचाइ आवश्यक रहेको ठाउँको पहिचान गर्न निर्देशन दिदै मन्त्री बस्नेतले सहयोगका लागि प्रदेश सरकार तयार रहेको बताए ।

जिल्लामा स्थापना भएको कार्यालयहरुमा छिट्टै कर्मचारी व्यवस्थापन हुने पनि उनले आश्वासन दिएका छन् । स्थानीयसँग समन्वय गरेर अघि बढ्न खोजेको प्रदेश सरकारलाई संघीय सरकारले भने वेवास्ता गरेको उनको आरोप छ ।

कार्यालय उद्घाटन सँगै मन्त्री बस्नेतले सिरानचोक गाउँपालिका-५ जरेवरमा निर्माण हुन लागेको मरुवाकुना फाँट लिˆट सिँचाइ योजनाको शिलन्यास गरेका छन् ।
सिरानचोक गाउँपालिका वडा नम्वर ५ र ६ को करिब ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउनका लागि योजना निर्माण गर्न लागिएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख पुरुषोत्तमप्रसाद उपाध्यायले बताए ।

एक करोड ३९ लाख ७८ हजार लागतमा निर्माण हुन लागेको योजनाका लागी यो बर्ष ४० लाख रकम विनियोजन भएको उनले जानकारी दिए । जस मध्य उपभोक्ताहरुले करिव तिन लाख बरावरको श्रमदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment