+
+
Shares

सञ्चारिका समूहको अध्यक्षमा पण्डित सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३१ गते १८:०१

३१ भदौ, काठमाडौं । सञ्चारिका समूहको सातौं महाधिवेशनबाट नितु पण्डितको अध्यक्षमा १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

उपाध्यक्ष कमला पन्थी, महासचिव विमला तुम्खेवा, सचिव यशोदा अधिकारी र कोषाध्यक्ष सीमा शर्मा निर्वाचत हुनुभएको हो ।

त्यसैगरी, सदस्यमा कृति भट्टराई, पवित्रा सुनार, उर्वसी बस्न्यात, रुवी रौनीयार, वसन्ती बास्तोला, सञ्चिता घिमिरे, कविता थापा र दुर्गा कार्की निर्वाचित भएका छन् ।

महाधिवेशनले लैङ्गिकमैत्री सञ्चारगृह हुनुपर्ने लगागतका ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?