+
+
Shares

प्रधानमन्त्री भन्छन् : म कसैको मुख होइन कामको परिणाम हेर्छु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते ५:००

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हरेक क्षेत्रको कामको परिणाम चाहेको बताएका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं सभाको आइतबार बालुवाटारमा उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘म कसैको मुख हैन कामको परिणाम हेर्छु ।’

प्रधानमन्त्री ओलीले शिक्षामा एक वर्षभित्र संख्यात्मक मात्र नभइ गुणात्मक परिवर्तन हुने दावीसमेत गरे ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विकासमा पछि पर्‍यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने भन्दै सुन्दर र समृद्ध बनाउन लाग्नुपर्ने बताए । ‘प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिमका सम्भावना धेरै छन् । यो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ, प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ । ‘ उनले भने ।

अांगिक क्याम्पस र आर्थिक विषयको छानबिन गर्न समिति गठन

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरु सम्बन्धी छानबिनका लागि दुईवटा समिति गठन गरेका छन् ।

विश्व विद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक बिषयमा उठेका गुनासाहरुका बिषयमा छानबिन गर्न अर्थ मन्त्रालयका सचिबको नेतृत्वमा एक समिति गठन गरिएको छ ।

दुबै समितिले १५ दिनभित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ ।

समितिको प्रतिवेदन अध्ययन गरेर विश्वविद्यालयसभाको बैठक पुनः आयोजना गर्ने गरी स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?