Comments Add Comment

नेविसंघको व्यङ्ग्यः बलात्कारीविरुद्ध नबोलौ, अरिंगालले टोक्ला !

१ असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

सरकारले पीडितलार्इ न्याय दिन नसकेको र बलात्कारीको संरक्षण गरेको भन्दै केन्द्रीय समितिको आयोजनामा नेविसंघले सरकारविरुद्ध नारावाजीसमेत गरेको थियो ।

‘बलात्कारीलाई संरक्षण किन ?’, भन्दै सरकारविरूद्ध प्रदर्शनमा उत्रिएको नेविसंघले ‘बलात्कारी, हत्यारा, माफियाविरुद्ध नबोलौ अरिंगालले टोक्ला १’ भन्दै सरकारप्रति व्यङ्ग्यसमेत गरेको छ ।

केही दिनअघि एक कार्यक्रममा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा अोलीले सरकारको बिरोध गर्नेहरूप्रति अरिंगाल जस्तै बनेर प्रतिवाद गर्न निर्देशन दिएका थिए । बलात्कार र हत्याका घटनामा संलग्नलार्इ कारबाहीको माग गर्दै बिरोध भइरहेका बेला प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि नेविसंघले व्यङ्ग्य गरेको हो ।

नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा भएको प्रदर्शनमा महामन्त्री कुन्दनराज काफ्ले लगायत नेता तथा कार्यकर्ता सहभागी थिए ।

विश्वभाषा क्याम्पसबाट सुरु गरी प्रदर्शनीमार्ग हुँदै पुतलीसडकसम्म प्रदर्शन गरिएको केन्द्रीय सदस्य सुशिल भट्टले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment