Comments Add Comment

उदयपुरमा जीप दुर्घटना, अष्ट्रेलियन नागरिकको मृत्यु, ८ घाइते

१ असोज, काठमाडौैं । उदयपुरको घुर्मी बजार नजिकै जीप दुर्घटना हुँदा एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ ।

सोमबार काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको ना २ ज ८९६९ नम्बरको जीप अनियन्त्रित भई सडकबाट १०० मिटर तल खस्दा अष्ट्रेलियन नागरिक अन्दाजी ७० वर्षकी हुसे कान्तोको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गतको उक्त सडकमा दिउँसो सवा १ बजे भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उदयपुरको कटारी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment