Comments Add Comment

स्तब्ध म्याथुज भन्छन्ः खराब ब्याटिङका कारण हार्‍यौं

काठमाडौं । अफगानिस्तानसँग लज्जास्पद हारसँगै एसिया कप २०१८ बाट बाहिरिएको श्रीलंकाका कप्तान एन्जेलो म्याथुजले ब्याटिङलाई दोष दिएका छन् । उनले नतिजाबाट आफू स्तब्ध रहेको बताए ।

पाँच पटकको उपाधि विजेता श्रीलंका पहिलोपटक सुपर फोरमा स्थान बनाउन चुकेको छ । बंगलादेशसित पहिलो म्याचमा १ सय ३७ रनले हारेको श्रीलंका दोस्रो म्याचमा अफगानिस्नसँग पनि ९१ रनले घुँडा टेक्यो । अफगानिस्तासित उसको यो पहिलो हार हो ।

अफगानिस्तानको खतरानक स्पिन आक्रमणलाई श्रीलंकाका ब्याट्सम्यानहरुले झेल्न सकेनन् । म्याथुजले समेत । उनीहरु १ सय ५८ रनम समेटिए । ‘यो सिंगो टिमका लागि निराशाजनक र स्तब्धकारी छ,’ म्याचपछि म्याथुजले भने, ‘अफगानिस्तानले हामीलाई सबै बिधामा हरायो । उनीहरुर्लाइ बर्धाइ छ ।’

उनले बलरहरुले भने आफ्नो जिम्मेवारी निभाएको प्रतिक्रिया दिए । ‘बलिङ र फिल्डिङमा मलाई गुनासो छैन । हामी खराब ब्याटिङका कारण हार्‍र्यौं,’ उनले भने ।

यता अफगानिस्तानका कप्तान असगर अफगानले भने आफ्नो टिमको खुलेर प्रशंसा गरेका छन् । उनले भने, ‘हाम्रा सबै ब्याट्सम्यानहरुले आफ्नो रणनीतिलाई मुर्तरुप दिए,’ कप्तान असगरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment