Comments Add Comment

नेपाली चेली फिलिपिन्ससँग पराजित

१ भदौ, काठमाडौं । एएफसी यु-१६ महिला च्याम्पियनसिप छनोट फुटबलको आफ्नो पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

एएफसी यु-१६ महिला च्याम्पियनसिप छनोटको समूह ‘ई’ रहेको आयोजक नेपाल फिलिपिन्ससँग ४-० गोलअन्तरले पराजित भएको हो । बुधबार हलचोकस्थित एपीएफको खेल मैदानमा भएको खेलमा नेपाल फिलिपिन्ससँग निरिह बनेको हो ।

पहिलो हाफमै २-० गोलअन्तरले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खान पुग्यो । फिलिपिन्सका लागि कप्तान मारिया लाजोले २ गोल गरिन् । त्यस्तै, मिकाइला भिलासिन र केइली मियाक एलामोले समान १-१ गोल गरिन् ।

त्यस्तै, आजै सम्पन्न अर्को खेलमा म्यानमारले मलेसियालाई ३-० गोलअन्तरले पराजित गरेको छ ।

यो समूहको शीर्ष २ मा पर्ने राष्ट्रले आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यु-१६ महिला च्याम्पियनसिपमा भाग लिन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment