Comments Add Comment

चीनका उपराष्ट्रपति वाङ र नेकपा अध्यक्ष प्रचण्ड भेट

३ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपतिसँगको भेटमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरिएको स्मरण गर्दै अबको अभिभारा देशको समृद्धि भएको बताए ।

मलुकको समृद्धिका लागि नेपालमा कम्युनिस्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरिएको बताएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

आफूहरुसँग थुप्रै अवसर र चुनौती रहेको उल्लेख गर्दै चुनौतीको सामना गरेर मात्र विद्यमान अवसर प्राप्त गर्न सकिएको उनले बताए नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ गर्ने तथा नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताए ।

उपराष्ट्रपति सानले दुई देशबीच भएका सम्झौता कार्यान्वयनका लागि आफूहरु प्रतिबद्ध रहेको भन्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझै विस्तार भएर जाने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment