Comments Add Comment

च्याम्पियन्स लिगमा बायर्नको सहज जित

४ असोज, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।

बुधबार राति भएको खेलमा बायर्नले पोर्चुगाली क्लब बेन्फिकालाई उसैको घरेलु मैदानमा २-० ले हराएको हो । बायर्नको जितमा रोबर्टो लेवान्डोस्की र रेनटो सान्चेजले गोल गरे ।

खेलको १० औं मिनेटमा नै लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म बायर्न बेन्फिकामाथि १-० गोलले अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप अर्को एक गोल गर्दै २-० गोलको जित निकालेको हो । खेलको ५४ औं मिनेटमा सान्चेजले गोल गर्दै वायर्नलाई २-० को जित दिलाएका थिए ।

यसै समूहको अर्को खेलमा आयाक्सले एईके एथेन्सलाई ३-० गोलले पराजित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment