हाँस्य कलाकारद्धय केदार घिमिरे र सिताराम कट्टेलको जोडी अहिले एकसाथ देखिएका छैनन् । ‘मेरी बास्सै’ सिरियलबाट छुट्टएिपछि यो जोडीले एकसाथ काम गरेको छैन । केदार अहिले चलचित्र निर्माण र अभिनयमा शक्तिशाली बनिसकेका छन् भने सिताराम पनि चलचित्र निर्माणको तयारीमा छन् ।
आज परेको सिताराम कट्टेल ‘धुर्मुस’को जन्मदिनमा उनले बनाउन लागेको चलचित्रको घोषणा गर्ने कार्यक्रम थियो । तर, तयारी नपुगेको भन्दै चलचित्रको घोषणा गरिएन ।
उनलाई शुभकामना दिन पुगेका केदारले सुझाव दिदै भने-‘यहाँ चलचित्र बनाउन गाह्रो छ, त्यो भन्दा चलाउन गाह्रो छ । राजनीतिक क्षेत्रमा भन्दा बढी राजनीति यो क्षेत्रमा हुन्छ । यसैले, राजनीति सिकेर र वुझेर आउनु ।’
केदार र सितारामले एकसाथ चलचित्र खेल्ने संभावना भने नरहेको बताएका छन् । किनकी, केदारको आफ्नै टिम छ भने सितारामको पनि आफ्नै टिम छ ।
चलचित्र ‘छक्का पन्जा ३’का निर्माता समेत रहेका कलाकार केदार घिमिरेले चलचित्र रिलिजका लागि ठूलै राजनीति भोगिरहेका छन् । सायद, उनले आफूले भोगेको भोेगाई सितारामलाई सिकाउन खोजेको हुनसक्छ ।
प्रतिक्रिया 4