Comments Add Comment

भ्रष्टाचारीले सिधै सेवाग्राहीसँग पैसा लिन छाडेः नवीन घिमिरे

४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तामा सिफारिस नवीनकुमार घिमिरेले पछिल्लो समय भ्रष्टाचारीले सिधै सेवाग्राहीसँग पैसा लिन छाडेको बताएका छन् ।

बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो कार्ययोजना पेश गर्दै घिमिरेले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताए । आयोगलाई विज्ञ कर्मचारी आवश्यक रहेको बताए ।

चुनाव पनि बढी खर्चिलो भएको भन्दै उनले त्यसमा सुधार गर्नुपर्ने बताए प्रमुख सिफारिस हुनुअघि अख्तियारकै आयुक्त रहेको घिमिरेले अख्तियारले भ्रष्टाचार र अनुचित कार्य छुट्याएर काम गर्न थालेको उनले बताए ।

आफूले जिम्मेवारी पाए २ वर्षे कार्यकालमा कानुनी र नितिगत सुधारको प्रयास गर्ने प्रतिवद्धता जनाए । भ्रष्टाचार नियन्त्रणका लागि अग्रसरता लिने र ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अन्त्यका लागि विशेष निगरानी गर्ने उनले बताए ।

अख्तियारभित्रै पनि भ्रष्टाचारको आन्तरिक अनुसन्धान सुरु गर्न लागिइको उनले जानकारी दिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment