Comments Add Comment

लुम्बिनी दर्शनपछि कुमार सानुले भने- बुद्ध जन्मस्थल सुनेको भन्दा धेरै राम्रो रहेछ

४ असोज, बुटवल । भारतका सुप्रसिद्ध गायक कुमार सानुले पहिलोपटक बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।

रुपन्देहीको मणिग्राममा आयोजित कन्सर्टमा प्रस्तुति दिन आएका कुमार सानुले बिहीबार दिउँसो लुम्बिनी भ्रमण गरेका हुन् ।

आयोजकले शुक्रबारको कन्सर्टपछि शनिबार लुम्बिनी घुमाउने योजना बनाएको भएपनि उनले रुपन्देहीमा आउने वित्तिकै पहिले लुम्बिनी भ्रमण र मायादेवी मन्दिरको दर्शन गर्ने इच्छा व्यक्त गरेअनुसार बिहीबार नै भ्रमण गरेका हुन् । उनलाई लुम्बिनीमा लुम्बिनी विकास कोषका कर्मचारीले स्वागत गर्दै अवलोकन गराएका थिए ।

मायादेवी मन्दिर दर्शन र अशोक स्तम्भ अवलोकनपछि उनलाई लुम्बिनीको इतिहास र विविध पक्षबारे कोषका कर्मचारीले जानकारी दिएका थिए ।

एक घण्टा जति भ्रमणपछि कुमार सानुले लुम्बिनीकै एक होटेलमा खाना खाएर बुटवल आई पत्रकार सम्मेलनमा सरिक भएका हुन् । ‘लुम्बिनी घुम्ने धेरै पहिलेदेखिको इच्छा भएपनि समय नमिलेकाले आउन पाएको थिइन,घुमेपछि मैले सुनेको भन्दा धेरै राम्रो र ऐतिहासिक ठाउँ रहेछ भन्ने महसुस भयो’-लुम्बिनीबाट फर्केपछि बुटवलमा पत्रकारसंग कुमार सानुले भने, ‘पहिलोपटक यहां आएपछि बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिर दर्शन गरेर मात्रै कन्सर्टमा गाउंछु भन्ने मनमा लाग्यो ।’

लुम्बिनी आएर आफूले मायादेवी मन्दिर दर्शन, अशोक स्तम्भ,शान्ति दीप लगायतका महत्वपूर्ण वस्तुहरुको प्रत्यक्ष अवलोकन गर्न पाउंदा आनन्द महसुस र बेग्लै अनुभूति भएको बताए । ‘लुम्बिनी जस्तै नेपालमा थुप्रै ऐतिहासिक सम्पदा छन्, यहांको ‘नेचुरल ब्युटी’ र सिम्प्िलसिटीले धेरैलाई आकर्षत गर्छ,’ कुमार सानुले भने ।

२० हजार भन्दा धेरै गीतमा स्वर दिएका उनले विभिन्न २६ भाषामा गीत गाएका छन् । उनले संगीत क्षेत्रमा निरन्तर साधना र अग्रजको सम्मान गर्न सक्नुपर्ने धारणा राखे ।

राम्रा गीत र संगीत मात्र सुन्ने र किन्ने बानी बसाल्नुपर्ने र यसले मात्र संगीत क्षेत्रको सम्मान र इज्जत बढ्ने उनको धारणा छ ।

रुपन्देहीको मणिग्राममा शुक्रबार सांझ हुने कन्सर्टमा उनी प्रमुख कलाकार हुन् । उनीसँगै भातरीय गायिका स्वागता र नेपालकी देविका बन्दना लगायतका कलाकारले प्रस्तुति दिने आयोजक संस्थाका विजेश पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment