Comments Add Comment

लेखा समिति सभापतिमा शाह निर्विरोध निर्वाचित

५ असोज, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कांग्रेस सांसद शाहलाई निर्विरोध सभापति चयन गरेको हो । शाहको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य सरदसिंह भण्डारीले जानकारी दिए ।

नवनिर्वाचित सभापति शाहले मुलुकमा बढ्दो बेरुजु घटाउने कामलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे । समितिको क्षेत्राधिकार भित्र रहेर मुलुकमा आर्थिक अनियमिता हुन नदिन सरकारमाथि कडा निरगानी राख्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment