Comments Add Comment

तीन स्रष्टा सम्मानित, दुई कृतिको लोकार्पण

काठमाडौं । नेपाल स्रष्टा समाजले शनिबार राजधानीमा ३ जना स्रष्टालाई सम्मानित गरेको छ । सोही अवसरमा दुईवटा कृतिहरुको लोकार्पण गरिएको छ ।

सम्मान समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्यकारले आफ्नो आनन्दका लागि मात्रै साहित्य सिर्जना नगरी समाज परिवर्तनका लागि गर्नुपर्ने बताए ।

प्रमुख अतिथि जोशीले शंकरकुमार राईको कविताकृति ‘हामी केही होइनौँ र नै केही हौं’ तथा जीवनाथ पोखरेलको नियात्रा ‘जीवनका यात्रा’ को लोकार्पण गरे ।

कार्यक्रममा सुभद्रा-विश्वराज स्रष्टा सम्मानबाट स्व. नारायणदत्त शास्त्री (मरणोपरान्त)लाई सम्मानित गरिएको थियो । त्यसैगरी दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानबाट साहित्यकार तथा पत्रकार सिर्जना शर्मा र प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मानबाट युवा साहित्यकार रमेश शुभेच्छुलाई सम्मानित गरिएको थियो ।

नेपाली लगायतका नेपालमा बोलिने भाषा-साहित्यको सिर्जना, सम्वर्द्धन र विकासमा योगदान पुर्‍याउने तथा लोकतान्त्रिक नेपालको उन्नयनमा रचनात्मक सहयोग पुर्‍याउने उद्देश्यले ०६४ मा नेपाल स्रष्टा समाजको स्थापना गरिएको आयोजकले कार्यक्रममा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment