Comments Add Comment

इरानको सैन्य परेडमा हमला, २४ को मृत्यु

७ असोज, काठमाडौं । इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमका अनुसार आक्रमणमा सर्वसाधारण पनि मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् ।

मारिनेमा आधा भन्दा बढी इरानको रिभोल्यूशनरी गार्डसका सदस्य छन् । मारिएका अन्य सर्वसाधारण सैन्य परेड हेर्न गएका थिए ।

इरानको समाचार एजेन्सी फार्सका अनुसार आक्रमण स्थानीय समयअनुसार बिहान ९ बजे भएको थियो र करिब १० मिनेटसम्म गोली चलेको थियो । आक्रमणमा चार जना संलग्न रहेको अनुमान छ ।

आक्रमणकारीले मञ्चमा आसिन सैन्य अधिकारीहरुलाई निशाना बनाउने कोसिस गरेका थिए । हतियारधारी समूहले परेडका लागि बनाइएको मञ्च नजिकैको पार्कबाट गोली चलाएका थिए । आत्मरक्षाको क्रममा दुई जना आक्रमणकारी पनि मारिएका समाचारमा जनाइएको छ ।

यो सैन्य परेड इरान-इराक युद्धको शुरुआतको ३० औं वर्षगाँठको सम्झनामा आयोजना गरिएको थियो । इरानको रिभोल्यूशनरी गार्डसका प्रवक्ताका अनुसार यो आक्रमणमा सुन्नी अलगाववादीको संलग्नता छ ।

यद्यपि आक्रमणको जिम्मा सरकार विरोधी समूहहरु अरब ग्रुप, अहवान नेशनल रेसिस्टेन्स र आईएस इस्लामिक स्टेट लगायतले पनि लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment