+
+
Shares

फेसबुकमा समाचार शेयर गर्दा कर्मचारीको जागिर चट् !

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ७ गते १२:२९

७ असोज, जनकपुर । गत असोज ३ गते संविधान दिवसलाई प्रदेश २ मा कालो दिवसको रुपमा मनाइएको समाचारका लिंकहरु फेसबुकमा शेयर गरे वापत एक कर्मचारीलाई जागिरबाट हटाइएको छ ।

धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत गुञ्जा रायलाई जागिरबाट हटाइएको हो । रायले असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचार लिंकहरुलाई फेसबुकमा शेयर गरेकी थिइन् ।

जागिरबाट हटेकी रायले आइतबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरी आफूलाई स्पष्टिकरण समेत नसोधी जागिरबाट हटाइएको पत्र थमाइएको बताइन् । ‘मैले त समाचार शेयर गरेकी हुँ, आफ्नो विचार त राखेको होइन ?’ रायले पत्रकार सम्मेलनमा भनिन्, ‘समाचार शेयर गरेर अपराधै गरेको भए त स्पष्टिकरण सोध्नुपर्थ्यो नि  नि ?’

उनले बिना स्पष्टिकरण सिधै जागिरबाट हटाएकोमा दुख लागेको बताइन् । अदालतले २०७५ असोज ५ गतेसम्म अदालतको आदेशानुसार थप भएकोमा सो पश्चात तपाईको म्याद थप नभएको हुँदा मिति २०७५ असोज ६ गतेदेखि लागु हुने गरी तपाईलाई अवकाश दिइएको भनी पत्र थमाएको छ । रायले अदालतमा आफू जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?