Comments Add Comment

ओम छाडे लगत्तै हृयाम्स अस्पतालमा जोडिए डा. भोला रिजाल

७ असोज,काठमाडौं । ओम अस्पताल तथा रिसर्च सेन्टरका संस्थापक डा. भोला रिजाल हृयाम्स अस्पतालमा सरेका छन् । गत सातामात्र ओमको कार्यकारी प्रमुखबाट राजिनामा दिएका रिजाल धुम्बाराहीमा पुनस्र्थापना भएको हृयाम्स अस्पतालमा गएका हुन् ।

गत साता रिजालले ओमको नेतृत्व छाडे पनि अस्पताल छाडे नछाडेको प्रष्ट पारिएको थिएन । उनले आफू अब ओममा आबद्ध नरहेको भन्दै आफूसँग उपचार गराउन चाहनेहरुले हृयाम्स अस्पतालमा सम्पर्क राख्न आग्रह गरेका छन् ।

बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. रिजालले अब हृयाम्समा विहान ७ देखि ११ सम्म नियमित उपचारसेवा दिने अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताए । २४ वर्षअघि डा.उपेन्द्र देवकोटा र मधु घिमिरेले स्थापना गरेको हृयाम्स अस्पताल पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना र सुबिधा सहित धुम्बाराहीमा सन्चालन हुन थालेको छ ।

हृयाम्स अस्पतालमा डा. भगवान कोइराला, डा.अर्जुन कार्की लगायतका चर्चित र बरिष्ठ विशेषज्ञ डाक्टरहरु जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment