Comments Add Comment

दिपेश र रसिला च्याम्पियन

काठमाडौं । विभागीय नेपाल एपीएफ क्लबका दिपेश धामी र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । धामी पूरुष एकलतर्फ र महर्जन महिला एकलतर्फ च्याम्पियन बनेकी हुन् ।

बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा भएको पुरुष एकलतर्फको फाइनलमा दोस्रो वरीयताका एपीएफका दिपेशले शीर्ष वरीयताका तथा दुई पटकको च्याम्पियन रत्नजित तामाङलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

दिपेशले पहिलो सेटमा २१–१३ को सहज जित निकाल्दै दावेदारी पेश गरेको थियो । दोस्रो सेटमा खेलमा फर्किएको रत्नजितले २१–१८ ले खेल आफ्नो पक्षमा पार्दै खेललाई निर्णायक सेटमा पुर्याएका थिए । तर, निर्णायक सेटमा अग्रता लिएर पनि रत्नले खेल १८–२१ ले गुमाउन पुग्यो । निर्णायक सेटमा पछि परेको अवस्थामा दिपेशले उच्च प्रदर्शन गर्दा रत्नले बारम्बार गल्ती दोहोर्याइरहेको थियो । दिपेशसँग पराजित भएसँगै रत्न उपाधिमा ह्याट्रिक गर्नबाट विमुख बन्यो । उपाधिसँगै दिपेशले ३० हजार रुपैया प्राप्त गर्यो । दोस्रो स्थानमा चिक्त बुझाएको रन्तले १५ हजार प्राप्त गरे । सेमिफाइनलमा पराजित भएको सिल्क ट्रेडका प्रिन्स दाहाल र आर्मीका नवीन श्रेष्ठले समान ५ हजार रुपैयाँ पाए ।

यसैगरी महिला एकलतर्फ आर्मीकी रसिला महर्जनले एपएफकी जेसिका गुरुङलाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनिन् ।महिला एकलमा यसअघिको दुईपटकको च्याम्पियन नङ्सलदेवी तामाङले प्रतियोगितामा सहभागिता जनाइनन् ।रसिलाले जेसिकामाथि २१–१९ र २१–१७ को सहज जित निकालिन् ।

आइतबारै रसिला यू–१५ गर्ल्समा पनि च्याम्पियन बनेकी थिइन् । यू–१५ गर्ल्सको फाइनलमा रसिलाले कञ्चनपुरकी विष्णा विष्टमाथि २१–६ र २१–१० को सहज जित निकालेकी थिइन् । महिला एकलतर्फ च्यामिपयन बनेको रसिलाले २५ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो भएको जेसिकाले १२ हजार तथा सेमिफाइनलमा पराजित हुनेले ४–४ हजार प्राप्त गरे ।

यू–१५ ब्वाइजमा सिल्क ट्रेडका प्रिन्स दाहाल च्याम्पियन बने । दाहालले कैलालीका रोशन साउदमाथि सहज जित निकाले । यू–१५ ब्वाइज र महिलाको विजेताले समान १६ हजार पाए । दोस्रो भएकाले ६ हजार तथा महिलाले ८ हजार पाए । तेस्रो भएकाले समान ६ हजार पाउनेछ ।

पुरुष डबर्ल्समा एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीले आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जिते । विजेता बनेको दिपेश र विजितको जोडीले २५ हजार पाए । दोस्रो भएको रत्नजित  नवीनको जोडीले १२ हजार प्राप्त गर्दा सेमिफाइनलमा पराजित जोडीले ८ हजार पाए ।

मिक्स डबल्स्मा एपीएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडी र आफ्नै क्लबकी विजित थापामगर र शोभा गौचनको जोडीलाई पराजत गर्दै च्याम्पियन बने । मिक्स डबल्र्सका विजेताले २० हजार पाए । उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ६ हजार प्राप्त गरे ।

पुरुष डबल्स् टप–२० बाहेकमा आर्मीका सुरोज महर्जन र पविन लिङथेपको जोडीले एपीएफका सुनिल जोशी र विशाल प्रधानको जोडी पराजित गर्दै उपाधि जिते । पुरुष डबल्स (टप २० बाहेक)को विजेताले २५ हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पुग्नेले १० हजार पाए ।

मास्टर्स ३५ वर्षमाथिको डबल्स्मा एपीएफका इन्द्र महता र एपीएफका शम्भु श्रेष्ठको जोडीले जेस्टका मुन्ना केसी र आर्मीका भुमि गुरुङको जोडीलाई पराजित गर्दै उपाधि जिते ।

मास्टर्स ४५ वर्षमाथि आर्मीका सुवास श्रेष्ठ र भुमि गुरुङले उपाधिमा ह्याट्रिक गरे । उपधिमा ह्याट्रिक पूरा गर्ने क्रममा सुवास र भुमिको जोडीले जेस्टका मुन्ना केसी र रुद्र थिङको जोडीलाई २–० को सोझो सेटमा पराजित गरे ।

दुई जोडी अघिल्लो दुवै संस्करणमा च्याम्पियन बनेको थियो । मास्टर्स ३५ र ४५ वर्षमाथिको विजेताले समान २० हजार प्राप्त गरे । दोस्रो हुनेले १२ हजार तथा तेस्रो हुनेले समान ८ हजार प्राप्त गरे ।

गत बुधबारदेखि भएको प्रतियोगितामा ९ इभेन्टमा ४३ टिमका ३०५ खेलाडीले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment