+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
19/0 (2.4)
VS
चितवन राइनोज 2025
0/0
Shares

एसिया कपको फाइनलमा बंगलादेश र पाकिस्तानमध्ये कुन ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ८ गते ९:०२

८ असोज, काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा बंगलादेशले अफगानिस्तानमाथि ३ रनको रोमाञ्चक जित निकालेसँगै फाइनलमा बंगलादेश र पाकिस्तानमध्ये कुन टिम पुग्ला ? निकै रोचक बनेको छ ।

युएईको अबुधावीस्थित शेख जायद रंगशालामा आइतबार राति सम्पन्न खेलमा अफगानिस्तानलाई ३ रनले पराजित गर्दै बंगलादेशले फाइनल पुग्ने आफ्नो सम्भावनालाई जिवितै राखेको छ । यता, भारतसँग पाकिस्तान ९ विकेटको लज्जास्पद हार ब्यहोरेपनि फाइनल पुग्ने सम्भावना भने कायमै रहेको छ ।

भारत भने लगातार २ खेलमा जित हात पार्दै सुपर चारको अन्तिम खेल खेल्नुअघि नै फाइनलमा पुगिसकेको छ ।

बंगलादेशले रोमाञ्चक जित हात पार्ने क्रममा अफगानिस्तानलाई पुरै ५० ओभरमा ७ विकेटको क्षतिमा २४६ रन मै रोक्न सफल भएको थियो ।

बंगलादेशले दिएको २५० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानका हास्मतउल्लाह शाहिदी र मोहमद शाहजादले अर्धशक बनाएपनि जित दिलाउन भने सकेनन् । शाहिदीले ७१, शाहजादले ५३, कप्तान अस्घर अफगानले ३९ पूर्व कप्तान मोहमद नावीले ३८ रन बनाएका थिए ।

यता, बलिङतर्फ बंगलादेशका मास्रफे मोर्टाजा र मुस्ताफिजुर रहमानले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४९ रन बनाएको थियो । बंगलादेशका लागि ममुदुल्लाह ७४, इम्रुल कायेसले अविजित ७२, लिटोन दासले ४१ रन बनाएका थिए ।

जितसँगै महत्वपूर्ण २ अंक बटुलेको बंगलादेशको फाइनल पुग्ने सम्भावना कायमै रहेको छ । बंगलादेश र पाकिस्तानले समान २ खेलमा एक खेलमा जित र एक खेलमा हार ब्यहोर्दै २ अंक बनाएका छन् । यता, अफगानिस्तान भने २ खेलमा हार ब्यहोर्दै एसिया कपबाट बाहिरीसकेको छ ।

सुपर चारको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । सेप्टेम्बर २६ मा हुने खेलमा यी दुई टिमबीचको विजेताले एसिया कपको फाइनलमा उपाधिको लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

यता, सुपर चारको अर्को खेलमा अफगानिस्तानले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?