Comments Add Comment

फ्रान्सका प्रशिक्षक भन्छन्- पोग्बालाई मानिसहरुले बुझेनन्

काठमाडौं । म्यानचेस्टर युनाइटेडका विश्वकप विजेता मिडफिल्डर पाउल पोग्बालाई मिडिया र फ्यानहरुले गलतरुपमा बुझिरहेको फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याम्प्ले बताएका छन् ।

गत सिजनमा युनाइटेडमा पहिलो रोजाइमा पर्न संघर्ष गर्नु परेका पोग्बाले ओल्ड ट्राफोर्डमा आफू असन्तुष्ट रहेको बताएका थिए । यो सिजन उनको प्रदर्शन मिश्रित छ । शनिबार ओल्भ्सरिुद्ध उनले पहिलो गोलका लागि पास मिलाएका थिए, तर खेल १–१ को बराबरीमा टुंगियो ।

सन् २०१६ मा त्यतिबेलाको कीर्तिमानी ८ करोड ९० लाख पाउन्डमा युभेन्टसबाट यूनाइटेडमा फर्किएका पोग्बाले रसिया विश्वकपमा डेस्च्याम्पसलाई खुशी बनाएका थिए । उनले फाइनलमा फ्रान्सका लागि एक गोल हानेका थिए ।

मिडफिल्डरमाथि लाग्ने गरेको ‘आत्मकेन्द्रित’ को आरोपबारे ४९ वर्षीय कोचले भने, ‘फ्रान्स र बाँकी विश्वमा पोग्बाको जुन छीव छ, त्यसले उनलाई वास्तविकरुपमा प्रतिबिम्बित गर्दैन । उनी आत्मकेन्द्रित भएर खेल्छन् भन्ने साँचो होइन ।’

‘आलोचना खेलाडीको जीवनको एउटा अभिन्न पाटो हो र यसलाई उनले सहजरुपमा लिनुपर्छ । तर, विश्वकपपछि उनको सम्मान बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment