Comments Add Comment

सुरु भयो विश्वकै ठूलो बियर फेस्टिवल

जर्मनीको म्युनिखमा लगातार १७ दिनसम्म चल्ने विश्वकै भव्य मदिरा पर्वको रुपमा रहेको अक्टोबरफेस्ट सुरु भएको छ ।

यो बियर फेस्टिबलमा सहभागी हुन विश्वभरका मानिसहरु म्युनिख पुगेका छन् । सहर पूरै रमझममा डुबेको छ ।

म्युनिखमा हरेक वर्ष बियर फेस्टिबलको आयोजना हुन्छ । पर्वमा म्युनिखबासीहरु पारम्परिक वस्त्र लगाएर घोडाको रथमा चढेर रक्सी पर्वमा जान्छन् ।

यो मदिरा पर्वमा मानिसहरु बियर पिउनुको मज्जा लुट्दछन् । म्युनिख सहरको हरेक सडक झकिझकाउ हुन्छ । सबैका हातमा बियरको मग हुन्छ । बियरको नशामा झुमिरहेका हुन्छन् । झुण्डझुण्डमा युवायुवतीहरु हुन्छन् । हरेक उमेरका मानिसहरु यो फेस्टिबलमा रमेका हुन्छन् ।

पर्वमा बियरसँगै जर्मनीका परम्परागत परिकारहरुको स्वाद पनि लिन पाइन्छ ।

गत २२ सेप्टेम्बरबाट सुरु भएको यो पटकको १ सय ८५ औँ बियर पर्व आगामी अक्टोबर ७ सम्म चल्नेछ ।

रोचक त के भने यो बियर पर्वमा केबल म्युनिख सहरमा उत्पादित बियर मात्र उपलब्ध हुन्छ ।

यो पर्वमा यतिधेरै बियर खपत हुन्छ कि त्यसबाट ठूलै ट्यांकी भरिन्छ । सन् २०१४ मा यो पर्वका बेला ६९ लाख लिटर बियर खपत भएको थियो भने सन् २०११ मा ७५ लाख लिटर बियर ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment