Comments Add Comment

प्रदेश ७ को नाम सुदूरपश्चिम राख्न सिफारिस, राजधानी गोदावरीमा

९ असोज, धनगढी । प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ । नाम र राजधानी तोक्न गठित विशेष समितिले नाम सुदूरपश्चिम राख्ने सिफारिससहित प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको हो ।

समितिले नाम सुदूरपश्चिम राख्ने भनी बहुमतले निर्णय गरेको हो । यसअघिको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेका जिल्लाहरु नै हाल प्रदेश ७ मा रहेका छन् । यसैगरी, कैलालीको अत्तरिया क्षेत्र पर्ने गोदावरी नगरपालिका ४ लाई राजधानी तोक्ने सिफारिस पनि समितिले गरेको छ ।

प्रदेशसभा ७ ले प्रदेशको नाम र राजधानी तोक्न नेकपाका सांसद तारा तामाङ लामाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको थियो ।

समितिले नेपाली सेनाको ब्यारेक पनि प्रदेश राजधानी गोदावरी नगरपालिका ४ तेघरी वरपर नै राख्न सिफारिस गरेको छ ।

प्रदेशसभाले समितिको प्रतिवेदन बुझे पनि मंगलबारको बैठकमा त्यस विषयमा थप छलफल र निर्णय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment