Comments Add Comment

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : मोहन वैद्य

९ असोज, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् ।

महासचिव वैद्यले सरकारले ७ महिनाको अवधिमा सुन तस्करीलाई नियन्त्रण गर्न नसकेको, बालिका बलात्कारपछि हत्या गर्नेलाई कारवाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ को सपना बाँडेर मुलुकलाई बर्बाद बनाएको दावी पनि गरे ।

महासचिव वैद्यले श्रमजीवि जनताको पक्षमा दृढतापूर्वक उभिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment