Comments Add Comment

अजय देवगणले काजोलको मोबाइल नम्बर सार्वजनिक गरेपछि

बलिउड सेलिब्रिटीहरुले आफ्नो मोबाइल नम्बर नजिकका साथीभाई र आफन्तलाई मात्र सेयर गर्छन् । फ्यानहरुले उनीहरुको नम्बर पाउन निकै कठिन हुन्छ । तर, अभिनेता अजय देवगणले आफ्नी श्रीमती काजोलको मोबाइल नम्बर टि्वटरबाटै सार्वजनिक गरिदिए । उनले लेखेका थिए, ‘काजोल अहिले देशबाहिर छिन् । उनलाई ह्वाट्सएपमा ९८२०१२३३०० मा सम्पर्क गर्नुस ।’

यसरी नम्बर सार्वजनिक भएपछि काजोलका फ्यानहरु उत्साहित हुने नै भए । अजयले दिएको नम्बर एड गर्ने र म्यासेज पठाउने लहर नै चल्यो । यसबीचमा थुप्रै मिमहरु पनि बने । धेरैले आफूले गरेको म्यासेजको स्त्रिmनसट सामाजिक सञ्जालमा राख्न भ्याए । यो नम्बरको ह्वाट्एपमा साँच्चै काजोलकै नाम र प्रोफाइल पिक्चर थियो ।

तर, नम्बर भने काजोलको थिएन । केही समयपछि अजय आफैंले यसको रहस्य खोले । उनले काजोलका फ्यानहरुलाई ‘प्राङ्क’ गरेको बताएका छन् । उनले लेखेका छन्, ‘हामी फिल्मको सेटमा सहकर्मीहरुसित धेरै प्राङ्क गर्ने गर्छौं । यसपटक मैले तपाईंहरुमा ट्राई गरेँ ।’

श्रीमानको यो प्राङ्कले काजोल भने रिसाएकी छन् । रिसाएको इमोजी राख्दै घर फर्केपछि आफूले ठिक पार्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment