Comments Add Comment

असन्तुलित खानपानको कारण पनि डिप्रेसन ? 

हामी ठान्छौं, चिन्ताको कारण डिप्रेसन हुन्छ । अर्थात चिन्ताको चरम रुप हो, डिप्रेसन । चिन्ता, जो मानसिक स्वास्थ्यसँग जोडिएको छ ।

मानविय व्यवहार र परिस्थितीको कारण स्वभाविक रुपमा पैदा हुने कुरा हो चिन्ता । हामी सबैलाई थाहा छ, चिन्ताले चितामा पुर्‍याउँछ । तर, चिन्तामुक्त हुने अभ्यास गर्दैनौं । यो एक किसिमको मानसिक व्यवस्थापन हो । जब चिन्ताले चरम रुप लिन्छ, हामी डिप्रेसनको अवस्थामा पुग्छौं । यतिबेला हामीलाई थप उपचारको समेत खाँचो पर्न थाल्छ । औषधीको खाँचो पर्न थाल्छ ।

त्यसैले डिप्रेसनको अवस्थासम्म पुग्नुअघि नै हामी त्यसको समाधान खोज्छौं ।

चिन्ता कम गर्ने वा चिन्तामुक्त रहनु नै यसको सरल उपाय हो । तर, यसका लागि खानपानमा पनि उत्तिकै सर्तकता अपनाउनुपर्ने रहेछ । असन्तुलित खानपानले समेत हाम्रो मानसिक स्वास्थ्य खराब गर्छ । त्यही कारण हामी डिप्रेसनग्रस्त हुने जोखिम रहन्छ ।

त्यसैले हामीले पोषणयुक्त खानेकुरा खानुपर्ने चिकित्सकहरुको सुझाव छ ।

पोषणयुक्त खानेकुराको कमीले शरीरलाई मात्र हैन, मानसिक स्वास्थ्यलाई समेत प्रभावित बनाउन सक्छ । मस्तिष्कलाई स्वस्थ राख्नका लागि पनि पर्या्रप्त मात्रामा पोषणतत्वको आवश्यकता पर्छ । जुन कुनै प्रकारका जकफुडबाट पाइँदैन । बरु शरीरमा पोषण तत्वको कमी हुन नदिन यस्ता खानेकुरा सेवन गर्न आवश्यक छ, जसमा पर्याप्त मात्रामा पोषणतत्व पाइन्छ ।

मस्तिष्कका लागि पौष्टिक तत्वको आवश्यकता ?

नोरोड्रेनालाइन,  सेरोटोनिन, डोपामाइन नामक तीन न्युरोट्रान्समिटर्सले हाम्रो मानसिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका निभाउने गर्छ । यी न्युरोट्रान्समिटर्सको उत्पादन तथा कार्यप्रणालीमा भिटामिन्स तथा मिनरल्स लगायतका खनिज पदार्थको महत्वपूर्ण भूमिका हुन्छ । आहारमा पोषण तत्वको कमीले मानसिक स्वास्थ्य विग्रने सम्भावना उच्च हुन्छ । त्यसैले, मानसिक स्वास्थ्यलाई सबल राख्न पनि यस्ता पौष्टिक तत्वको सेवन जरुरी छ ।

ओमेगा ३ फ्याटी एसिड

ओमेगा ३ फ्याटी एसिड डीएचए मस्तिष्क कोशिकाको बनावटको लागि निकै जरुरी छ । यसको कमी भएमा ट्रान्सफ्याट लगायतका अन्य फ्याट जम्मा हुने गर्छ । शरीरमा ट्रान्सफ्याट जम्मा भएमा पेट पोल्ने, पेटमा बोसो जम्ने लगायत डिप्रेसन हुने खतरा समेत उच्च हुन्छ ।

यसको जोखिमलाई कम गर्न पनि अन्य ओमेगाा ३ फ्याटको सेवन गर्न जरुरी छ, यसलेे एपीए न्युरोन्सको कार्यक्षमता बढाउनमा सहायता प्रदान गर्नुका साथै जलन तथा सुजन घटाउने गर्छ । ओखर, आलस, साल्मन फिस, क्यानोला आयल, ओएस्टर, सोयाविन्स लगायतका खाद्य पदार्थ ओमेगा ३ फ्याटी एसिडको प्रमुख स्रोत मानिन्छन् ।

आयोडिन

आयोडिनलाई आधुनिक भिटामिन डी पनि भन्ने गरिन्छ । थाइराइड ग्रन्थीलाई स्वस्थ राख्न पर्याप्त मात्रामा आयोडिनको सेवन निकै जरुरी मानिन्छ ।आयोडिन थाइराइड ग्रन्थीका लागि मात्र नभई मस्तिष्कका लागि पनि निकै जरुरी छ ।

पर्याप्त मात्रामा आयोडिनको कमीले मस्तिष्कले सही तरीकाले काम गर्छ । आयोडिन विशेषगरी आयोडाइज नुन बाहेक दूध, दही तथा अण्डाबाट पनि पाउन सकिन्छ ।

जिंक

मस्तिष्कमा न्युरोट्रान्समिटरको उत्पादन तथा त्यसको सही कार्यान्वयनका लागि पनि जिंकको सेवन निकै जरुरी छ । जिंकले मस्तिष्कलाई स्वस्थ राख्नमात्र नभई पाचन प्रणालीलाई मजबुत बनाउन तथा शरीरको प्रतिरोधी क्षमता बढाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । किनकी ९० प्रतिशत सेरोटोनिन तथा ५० प्रतिशत डोपामाइन सानो आन्द्रामा उत्पादन हुने गर्छ । जिंक विशेषगरी, औएस्टर, क्राब, बीफ, पोर्क, चिकन तथा काजुमा भरपूर मात्रामा पाइन्छ ।

म्याग्नेसियम

म्याग्नेसियमको सेवनले हड्डी तथा दाँतलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यस्तै,एञ्जाइटी कम गर्न, ल्लड प्रेशर घटाउन तथा मधुमेहको जोखिम कम गर्न समेत सहायता प्रदान गर्छ । म्याग्नेसियमले त्यस्ता एन्जाइमलाई सकि्रय गर्न मद्दत गर्छ, जसले सेरोटोनिन, डोपामाइन तथा नेराड्रेनालाइनको उत्पादनको लागि जरुरी छ । त्यसबाहेक, तीन सय भन्दा बढी बायोकेमिकल रियाक्सनको लागि पनि शरीरलाइम्याग्नेसियमको आवश्यक्ता पर्छ ।

त्यसैले, शरीरमा म्याग्नेसियमको पुर्तिको लागि  ड्राई फ्रुट्स, गाढा हरियो सागसब्जी, डार्क चकलेट तथा सिङ्गो अनाज खान जरुरी छ । यसबाहेक, विभिन्न सप्लीमेन्टद्धारा पनि शरीरमा म्याग्नेसियमको पुर्ति गर्न सकिन्छ ।

भिटामिन डी

मस्तिष्कको लागि भिटामिन ‘डी’ को सेवन निकै जरुरी छ । शरीरमा भिटामिन ‘डी’ को कमीले हड्डीलाई कमजोर बनाउनेमात्र हैन, डिप्रेशनको खतरा पनि बढाउँछ । त्यसबाहेक, एञ्जाइटी, डिमेन्सिया लगायत का समस्या समेत बढाउँछ । यसको कमी हुन नदिन सुर्यको किरणमा बस्नुका साथै ट्राउट माछाको सेवन जरुरी छ ।

आइरन

पुरुषको तुलनामा महिलाहरुरुलाई आइरनको कमी धेरै हुने गर्छ । शरीरमा आइरनको कमी भएमा डिप्रेशन, थकान , चिडचिडापन, भोकको कमी लगायतका समस्या निम्तिने गर्छ  । केरा, अण्डा, मासु, सेतो सिमि आइरनको प्रमुख स्रोत हुन् । आइरनको साथमा भिटामिन सीयुक्त खानेकुराको सेवनले शरीरमा आइरनको अवशोषण राम्ररी हुने गर्छ ।

बी कम्प्लेक्स

मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न भिटामिन ‘बी’ कम्प्लेक्सको निकै जरुरी र्छ । भिटामिन ‘बी’मा भिटामिन बी १, बी २ , बी ३, बी १२ लगायतका एघारवटा भिटामिन पर्दछ जसले न्यरोट्रान्समिटरको उत्पादन तथा यसको कार्यान्वयनकोे लागि जरुरी छ ।

बी कम्प्लेक्समध्य भिटामिन ‘बी १२’ ले मस्तिष्कलाई सुक्नबाट जोगाउने हुदाँ डिमेन्सिया तथा डिप्रेशनबाट जोगाउने हुदाँ यस्ता समस्या कम गर्ने खानेकुरा जस्तै, नट्स, बीज, गाढा हरियो , सागसब्जी तथा मासु खान जरुरी छ ।

भिटामिन सी

शरीरमा भिटामिन ‘सी’को कमीले गिजा दुख्ने, सुन्निने तथा गिजाबाट रगत निस्कने गर्दछ । त्यतिमात्र हैन, भिटामिन ‘सी’को कमीले डिप्रेसन समेत हुनसक्ने भएकाले यस्ता समस्याबाट बच्नका लागि भिटामिन ‘सी’को उच्च स्रोत मानिएको किवी,  भेडे खुर्सानी, स्ट्रबेरीजबको सेवन शरीरका लागि फाइदाजनक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment