Comments Add Comment

बिराटनगर नाकामा कडाईः उपभोक्तालार्इ समेत चिनी आयातमा बन्देज

१० असोज, मोरङ । विराटनगरमा चिनीको मुल्य प्रतिकेजी ७० रुपैया पर्छ । तर ८ किलोमिटर दक्षिण भारतीय जोगवनी बजार पुग्दा ५० देखि ५५ रुपैयाँ प्रतिकिलो चिनी पाइन्छ । सस्तो पाइने लोभले विराटनगर मात्र होइन, बाहिरबाट आएका उपभोक्ता पनि किनमेलका लागि जोगवनी पुग्छन् । तर सरकारले भने दशैंको मुखमा नै चिनी आयातमा अंकुश लगाएको छ ।

न्यून परिमाणमा पनि आयात गर्न अंकुश लागेपछि घरायसी प्रयोजनका लागि चिनी खरिद गर्न जोगवनी पुगेका सर्वसाधारण खाली हात फर्कन बाध्य छन् ।

जोगवनीका व्यपारीले चिनी खरिद गर्न आउने ग्राहकलाई सिमामा लैजान नदिए फिर्ता नलिने शर्तमा बिक्री गर्न थालेका छन् । केन्द्र सरकारले भदौ पहिलो सातादेखि चिनी आयातमा परिमाणात्मक बन्देज लगाएपछि भन्सारमा खटिएका प्रहरीले चिनी ल्याउने उपभोक्तालाई फर्काउने गरेको छ ।

‘केन्द्रबाट मन्त्रालयबाट चिनी आयात गर्न नदिनु भन्ने परिपत्र आएको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांसा अधिकारी भन्छन् ‘आयातमा परिणात्मक बन्देज लागेको छ । अधिकारीका भारत तथा तेस्रो मुलुकबाट थोरै मात्रामा पनि चिनी आयात गर्न पाइदैन् ।’

केन्द्रको परिपत्रपछि भन्सार क्षेत्रमा कडाइ गरिएको उनले बताए । मोरङ प्रहरी प्रमुख मनोजकुमार केसी केन्द्रको सर्कुलर अनुसार सिमा क्षेत्रमा चिनी आयात रोक्न डिउटीमा खटिएका प्रहरीलाई निर्देशन दिइएको बताउँछन् । उनले थोरै मात्रामा पनि चिनी ल्याएको पाए फर्काउन प्रहरीहरुलाई निर्देशन दिएको बताए ।

विराटनगरमा पसलहरुमा चिनीको खुद्रा मूल्य ७०देखि ७५ रुपैयाँसम्म छ । तर बैशाखदेखि सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटले भने चिनी सस्तोमा बिक्री गर्दै आएको छ । भाटभटेनीले चिनीको परिमाण तोकेर प्रतिकिलो ५९ रुपैयाँमा बिक्री गर्दै आएको छ । भाटभटेनीले एक उपभोक्तालाई २ किलो भन्दाबढी चिनी खरिद गर्न दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment