Comments Add Comment

दशैंमा यात्रा गर्दै हुनुहुन्छ ? पढ्नुहोस् ट्राफिकको सुझाव

दशैँमा लाखौँको संख्यामा मानिस काठमाडौंबाट बाहिरिने गर्छन् । जसको लागि मंगलबारबाटै अग्रीम टिकट बुकिङ्ग खुला गरिएको छ । काठमाडौं आएर बसेकाहरु गाउँ फर्कीनको लागि दशैँ नै कुरिरहेका हुन्छन् । जसकारण पनि दशैँको यात्रा धेरैका लागि चुनौतिपूर्ण हुन्छ । अरु समयको तुलनामा दशैँको बेला यात्रा गर्दा विशेष सावधानी अपनाउन जरुरी हुन्छ । यात्रालाई सहज र खतरामुक्त कसरी बनाउने त ?

– ट्राफिक महाशाखाले काठमाडौंका नयाँबसपार्क, सुन्धारा, कलंकी, कोटेश्वर, बल्खुमा हेल्प डेक्सको व्यवस्था गरेको छ । त्यसैले टिकेटमा कसैले बढी पैसा लिएमा, भाडाको भाडाबारे जनाकारी नपाएमा वा कसैले ठग्न खोजेमा उक्त डेस्कमा गएर बुझ्न तथा उजुरी गर्न सकिन्छ । आएका उजुरी र गुनासोको आधारमा ट्राफिकले तत्कालै कारवाही गर्छ । यो डेस्क दशै, तिहार र छठ पर्वलाई मध्यनजर गरी यात्रुलाई सहज बनाउनका लागि स्थापना गरिएको हो ।

विष्णुप्रसाद गौतम

– टिकट नपाउने, भाडा मूल्य बढी असुल्नेजस्ता घटना भएको अवस्थामा हेल्प डेस्क वा नजिक प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिन्छ । त्यसको लागि १०० वा १०३ फोन गरि जानकारी गराउनुपर्छ ।

– सवारी चालकले मादक पदार्थ सेवन गरेर सवारी हाँकेको पनि हुन सक्छ । त्यस्तो शंका लागेमा या खाना खाने समय मदिरा सेवन गरेको थाहा लागेमा १०३ वा १०० मा फोन गरेर तत्काल जानकारी गराउनुपर्छ । जानकारी आए ट्राफिकले अर्को चालकको व्यवस्था गरिदिन्छन् ।

– कतिपय अवस्थामा चालकले यात्रुलाई फरक ठाउँमा झारेर अलपत्र पारिदिने घटनाहरू पनि हुन्छन् । यतिसम्म कि चालक वा सह-चालकको बोलीबचन उपयुक्त नलागेको अवस्थामा समेत उजुरी गर्न सकिन्छ ।

– लामो दूरीको बसमा चालकले अनिवार्य रूपमा दुईवटा चालक हुनुपर्छ । बीच बाटोमा सवारी चालक परिवर्तन हुनुपर्छ । यस्तो कुरा प्रहरीले थाहा नपाएको पनि हुन सक्छ । यसरी चालक परिवर्तन नगर्दा थकाइका कारण चालक निदाएर दुर्घटना नै हुनसक्छ । त्यसैले चालक परिवर्तन नगरेको शंका लागेमा नजिकको प्रहरीमा खवर गरिहाल्नुपर्छ ।

– कतिपय अवस्थामा यत्रुलाई विभिन्न अपमान, सेक्सुल हृयारेसमेन्टलगायतको समस्या आइपर्न पनि सक्छ । त्यस्तो अवस्थामा चालक वा सह-चालकलाई प्रहरी कार्यालयमा रोकिदिन आग्रह गरेर उक्त व्यक्तिलाई प्रहरीका जिम्मा लगाउनुपर्छ ।

– अहिले टिकट अग्रीम बुकिङ्ग खुला गरिएको छ । यद्यपि फूलपातिसम्म पनि टिकट नपाएमा यातायात्र व्यवस्था विभागले जुनसुकै रुटको गाडी जहाँ पनि जानसक्ने व्यवस्था गरेको छ । त्यतिबेला गाडीले कुनै परमिट र पटके लिनुपर्दैन । त्यसैले याात्रुले बस नपाउने सम्भावना कम होला ।

– विशेष गरी यात्रुले बोकेको बहुमूल्य सामग्रीको आफै ख्याल गर्नुपर्छ । कतिपय अवस्थामा उस्तै खालका दुईवटा झोला हुन्छन् र अर्को यात्रुले फरक झोला टिपेर हिँडिदिन सक्छ ।

– टिकट खरिद गर्दा सम्बन्धित काउन्टमार जानुहोला । टिकट खरिद गरेको बेला निर्धारित भाडा तिरेर गाडी, गाडी नम्बर, गाडी छुट्ने मिति सबै उल्लेख गर्न लगाउनुपर्छ ।

लेखक महानगरीय ट्राफिक प्रहरी प्रभाग, चापागाउँका सिनियर प्रहरी जवान हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment