Comments Add Comment

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अध्यक्षमा कुवँर निर्वाचित

१० असोज, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ, दक्षिण कोरियाको अध्यक्षमा रंजनराज कुवँर निर्वाचित भएका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा मंगलबार राजधानी साैलमा सम्पन्न छैठौँ अधिवेशनबाट कुवँर अध्यक्षतामा निर्वाचित भएका हुन्।

अध्यक्ष पदमा एकदेव (सन्दीप) पाण्डे र कुवँर बीच प्रतिस्पपर्धा भएको थियो । अध्यक्ष मतदानमार्फत चयन भएपनि अन्य पदहरू भने सर्वसम्मतिबाट चयन गरिएको थियो।

शाखाको बरिष्ठ उपाध्यक्षमा किसन गौतम, उपाध्यक्षहरूमा रेश्मा राई र दुर्लभ पोखरेल, कोषाध्यक्षमा बबिता वली (क्षेत्री) महासचिवमा मिन बिके, सचिवमा निकुञ्ज तिवारी र केशब पोखरेल र सदस्यमा कृष्ण शर्मा, सविना कार्की, हरि अधिकारी, कृष्णप्रसाद न्यौपाने, गुरुदत्त न्यौपाने, बामदेव देवकोटा निर्वाचित भएका छन्।

अधिबेशनबाट केन्द्रीय पार्सदहरूहरूमा खेम कार्की, डा. किशोर कोइराला, डम्बर सुब्बा र यम श्रीस मगर चयन भएका छन् ।

नयाँ निर्वाचित कार्यसमितीलाई निर्वाचन आयोगका प्रमुख रूद्र  शर्माले सपथग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment