Comments Add Comment

प्रियंकाको आशा

नायिका प्रियंका कार्की शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’लाई लिएर उत्साहित मात्र छैनन्, आशावादी पनि छिन् । उनले, यो चलचित्रमा काम गर्न पाएकोमा आफूलाई भाग्यमानी समेत भनेकी छिन् ।

चलचित्रको गीत रिलिज हुँदा मिडियामा नबोलेकी कार्की अहिले खुलेरै चलचित्रको प्रशंसा गर्छिन् । चलचित्र क्षेत्रमा आधा दशक मात्र बिताउँदा पनि उनले पाएको पोजिशन र नाम लोभलाग्दो छ । तर, उनले करिअरमा संझनलायक चलचित्र भने अहिलेसम्म गरेकी छैनन् ।

चलचित्रको कथावस्तु र भूमिका भन्दा पनि काम हेर्ने प्रियंका ‘कथा काठमाण्डु’मा सुपर मोडलको भूमिकामा छिन् । तर, आफ्नै प्रेमीले दिने यातनाबाट प्रताडित प्रियंका यो चलचित्रले ‘घरेलु हिंसा’को विरुद्धमा आवाज उठाउने बताउँछिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment