Comments Add Comment

‘इन्टु मिन्टु लण्डनमा’को सफलताकाे केक काट्दै ‘आई एम ट्वान्टी वान’ घोषणा

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले मंगलबारसम्म ३ करोड ३० लाख कमाएको भन्दै यसको निर्माणपक्षले केक काट्दै सेलिव्रेशन गरेको छ । चलचित्रले बम्पर ओपनिङ गरेको र दर्शकको साथ पाएको भन्दै केक काटेर सेलिव्रेशन गरिएको हो ।
काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा चलचित्रकी निर्देशक रेनशा वान्तवा राई, निर्माता प्रज्ज्वल शमशेर जबरा, नायकद्धय धिरज मगर र सारुक ताम्राकारको उपस्थितीमा केक काटेर सेलिव्रेशन गरिएको हो ।

चलचित्रको विदेशमा पनि डिमाण्ड बढेको भन्दै करिब ८६ लाख रुपैयाँ विदेशबाट आइसकेको यसको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको शो दिनदिनै बढिरहेको भन्दै दोश्रो सातामा पनि चलचित्रले राम्रो कमाई गर्ने विश्वास लिइएको छ ।

यसैविच, आइकोर फिल्म्सले ‘इन्टु मिन्टु लण्डनमा’ सफल भएपछि अर्को चलचित्र पनि घोषणा गरेको छ । आउँदो बर्षको दशैंमा रिलिज गर्ने गरि घोषणा गरिएको चलचित्रको नाम ‘आई एम ट्वान्टी वान’ राखिएको छ । चलचित्रको बिषयमा अन्य केही जानकारी दिइएको छैन । चलचित्रमा नायक धिरज मगरले काम गर्ने पक्का जस्तै भएपनि अहिले नै उनको नाम घोषणा भने गरिएन । चलचित्रमा २ नायिका हुने वुझिएको छ । २ नायिका विदेशबाट ल्याउने निर्देशक राइले जानकारी दिइन् ।

कार्यक्रममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने उपस्थित भइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment