Comments Add Comment

महोत्तरीमा झाडापखालाबाट थप एक जनाको मृत्यु

११ असोज, वर्दिबास । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा फैलिएको झाडापखालाको कारण थप एकजनाको मृत्यु भएको छ । झाडापखालाबाट ६० वर्षीया आइसा खातुनको मृत्यु भएको हो ।

योसँगै महोत्तरीमा झाडापखालाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि चार वर्षीया बालिकाको मृत्यु भएको थियोे ।

६० वर्षीया आइसा खातुनलाई आइतबार गाउँमा सञ्चालित शिविरमा उपचारका लागि ल्याइएको थियो । शिविरमा उपचार सम्भव नभएपछि अञ्चल अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोष कुमार ठाकुरले जानकारी दिए ।

बस्तीमा करिब तीन सातादेखि बस्तीमा झाडापखाला फैलिएको छ भने अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाबाट बस्ती नै प्रभावित बनेको छ ।

जनस्वास्थ्य कार्यालयले बस्तीमा भएको झाडापखालाबाट मृत्यु भएको सूचना लुकाउने गरेको कारण मृतकबारे ढिलो सूचना आएको हो । प्रभावितहरुको स्थानीय मदरसामा भुइँमा राखेर उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment