Comments Add Comment

पोखरा प्रिमियर लिगको टिम र मार्की प्लेयर घोषणा

११ असोज, काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेट खेल्ने ६ टोली र ‘मार्की’ खेलाडी सार्वजनिक भएको छ । आयोजक क्वीन्स इभेन्ट्स प्रालीले पत्रकार सम्मेलन गरी फे्रन्चाइज टिम घोषणा गरेको हो ।

फ्रेन्चाइज टिममा काठमाडौं रोयल्स, पोखरा पल्टन, चितवन राइनोज्, बुटवल ब्लास्टर, विराटनगर टाइटेन्स र इक्सर्ट धनगढी ब्लूज छन् ।

यस्तै सबै टिमका मार्की प्लेयर सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का चितवन राइनोजमा छन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल काठमाडौं रोयल्सको मार्की प्लेयर भएका छन् ।

सन्दीप लामिछाने विराटनगर टाइटेन्स, सोमपाल कामी बुटवल ब्लास्टर्स, शरद भेषावकर पोखरा पल्टन र दीपेन्द्र सिंह ऐरी इक्सर्ट धनगढी ब्लूजको मार्की प्लेयर छन् ।

कार्यक्रममा मार्की प्लेयरहरुले पोखरामा क्रिकेट खेल्न आफूहरु उत्साहित रहेको बताए । पारस खड्काले पीपीएलसँग क्रिकेटमा लगानी गर्न नयाँ टिम आएको र यसले नयाँ खेलाडीहरुलाई अवसर दिने बताए ।

पारससँगै ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले सन् २०१३ मा टी-२० को एसियाली छनोटका क्रममा पोखरामा बन्द प्रशिक्षण गरेको सम्भिmए । ‘पोखरालाई न्यूटल भेन्यू बनाउन सकिन्छ’ ज्ञानेन्द्रले भने ।

टिम स्वामित्व र मार्की प्लेयर

चितवन राइनोज
टिम स्वामित्वः राहुल महरा र टिम
मार्की प्लेयरः पारस खड्का

विराटनगर टाइटन्स
टिम स्वामित्वः पारस लुनियाको टिम
मार्की प्लेयरः सन्दीप लामिछाने

बुटवल ब्लास्टर्स
टिम स्वामित्वः रामत्रबहादुर विष्टको टिम
मार्की प्लेयरः सोमपाल कामी

पोखरा पल्टन
टिम स्वामित्वः विनायक पोखरेलको टिम
मार्की प्लेयरः शरद भेषावकर

धनगढी ब्लूज
टिम स्वामित्वः संजीव शर्माको टिम
मार्की प्लेयरः दीपेन्द्र सिंह ऐरी

काठमाडौं रोयल्स
टिम स्वामित्वः राज्यलक्ष्मी गोल्छा
मार्की प्लेयरः ज्ञानेन्द्र मल्ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment