+
+

प्रदेश ३ का १० स्थानमा बन्ने भो भ्यूटावर, लागत ३० करोड

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते ९:४२

११ असोज, हेटौंडा । पर्यटन क्षेत्रको विकास गर्न प्रदेश ३ सरकारले भ्यूटावर निर्माण योजना अघि सारेको छ । प्रदेश सरकारले प्रदेश ३ का विभिन्न १० स्थानमा भ्यूटावर निर्माण गर्न लागेको हो ।

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, रामेछापको शिवालय, मकवानपुरको दामन, चित्लाङ कुलेखानी, ललितपुरको कालेश्वर, नुवाकोटको ककनी, धादिङको रुबीभ्याली र रसुवाको सोम्दाङमा भ्यूटावर बन्नेछन् । त्यसैगरी, सिन्धुलीको सिन्धुलीगढी र खुर्कोटमा पनि भ्यूटावर बनाउने प्रदेश सरकारको योजना छ ।

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले १३ जिल्लालाई लक्षित गर्दै १० भ्यूटावर निर्माण गर्न लागिएको जानकारी दिए । मन्त्री नेपालका अनुसार प्रत्येक स्टेसन निर्माणमा ३ करोड खर्च हुने अनुमान छ । यस हिसाबले १० भ्यूटावर निर्माणको लागत ३० करोड हुन्छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका १० वटा स्थानमा हिल स्टेशन विकास गर्न प्रदेश सरकारले योजना सुरु गरिसकेको बताए । पर्यटकीय क्षेत्रको सम्भावना रहेका क्षेत्रहरुमा सरकारले मात्र नभएर स्थानीय तह तथा स्थानीयबासीहरुले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

पर्यटन विकासको गुरुयोजनाभित्र २० वर्षअघि स्थापना भएको मैत्री बगैँचा पनि छ । बगैँचा व्यवस्थापनका लागि प्रदेश सरकारले २५ लाख र भिमफेदी गाउँपालिकाले २० लाख रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ ।

मकवानपुरको भीमफेदी, ईन्द्रसरोवर, दामनको सिमभञ्ज्याङबाट चिल्लाङको चन्द्रागिरिसम्म पर्टकीय क्षेत्रको रुपमा विकास गर्ने योजना पनि प्रदेश सरकारले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?