+
+
Shares

प्रदेश राजधानीलाई लिएर कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते १२:१८

१२ असोज, धनगढी । प्रदेश ७ को राजधानी गोदावरीलाई तोक्ने प्रस्तावको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

प्रदेशसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन् । विपक्षीको अवरोधपछि प्रदेशसभा बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

कांग्रेस सांसद कर्ण मल्लले सत्तारुढ दलको निर्णयका आधारमा प्रदेश राजधानी गोदावरीलाई तोक्ने प्रस्ताव आएको भन्दै आपत्ति जनाए । उनले भने, ‘म पनि यो प्रदेशसभाको माननीय हुँ । तपाईको राय के छ भनेर सोधिएको छैन ।’

प्रदेश राजधानीबारे सर्वपक्षीय, सार्वदलीय छलफलहरु गराएर सुझाव दिनुपर्ने कांग्रेसको माग छ ।

‘प्रदेश राजधानी कहाँ भन्ने तपशीलको विषय हो’ कर्णले भने, निर्णय प्रक्रियामा आपत्ति हो । सकिन्छ भने प्रदेशसभाका ३६ वटै, नभए संघीय संसदको १६ वटा र यो पनि नभए ९ जिल्लाको सदरमुकाममा पुगेर सुझाव संकलन गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?