Comments Add Comment

दोरम्बा, राइनास्कोट र मुर्मा गन्तव्य गाउँ घोषणा

दोरम्बा, राइनास्कोट र मुर्मा गन्तव्य गाउँ घोषणा१२ असोज, काठमाडौं । गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) नेपालले मुलुकका तीनवटा गाउँलाई भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको छ ।

विश्व पर्यटन दिवसका अवसरमा भिटोफ नेपालले कर्णालीको मुगुको रारा ताल नजिकको मुर्मा गाउँ, लमजुङगको राइनास्कोट र रामेछापको दोरम्बा गाउँलाई पर्यटन भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको हो ।

उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटनमार्फत गाउँहरुको आर्थिक विकाससँगै नेपाल समृद्धितर्फ अगाडि बढ्ने बताए ।

मन्त्री अधिकारीले घोषणा भएका गाउँहरुका प्रतिनिधि मुर्माबाट रारा पर्यटन विकास समितिका अध्यक्ष देबिकृष्ण रोकाया, दोरम्बा गाउँका वडाअध्यक्ष खडकबहादुर श्रेष्ठ र राइनास्कोटबाट विष्णुमाया गुरुङगलाई प्रमाण पत्रसहित सम्मानित गरेका थिए ।

कार्यक्रममा बोल्दै भिटोफ-नेपालका अध्यक्ष ध्रुब सिम्खडाले राज्यले सरकारी कर्मचारीलाई लिभ होलिडे मनाउन व्यवस्था गर्न सुझाव दिँदै, गाउँ पर्यटन प्रबर्द्धधनका लागि आवश्यक नीति ल्याउन आग्ह गरे ।

सिम्खडाले राज्यले भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउदै, कम लगानीमा नै पर्यटनमार्फत मात्रगाउँमा रहेका नेपालीहरुको आर्थिक स्थर उकास्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment