+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

कसैलाई थाहै नदिई अनसन बस्ने डा. केसीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १३ गते २:०१

१२ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नयाँ शैलीमा अनसन बस्ने चेतावनी दिएका छन् ।

संसदको वर्षे अधिवेशनले चिकित्सा शिक्षा विधेयक पास नगरेपछि रुष्ट बनेका डा. केसीले शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षामन्त्रीको राजीनामा माग गरेका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सीटीईभीटीलाई चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने भन्दै केसीसँग भएको सहमतिमा फरक मत राख्दै आएका छन् ।

डा. केसीले भने आफूसँग भएको सहमतिअनुसार नै विधेयक पास हुनुपर्ने भन्दै १६ औं अनसन बस्ने चेतवनी दिएका छन् ।

तर, अब अनसन बस्दा विगतमा जस्तो पूर्वजानकारी नदिइने उनले बताए । अनसनको अन्तिम चरणमा सरकारले ब्याकमेलिङ गरेर सम्झौता गर्ने र अनसन बिथोल्ने काम मात्र गरेको भन्दै डा. केसीले भने, ‘उनीहरुले पटकपटक मेरो अनसन बिथोल्ने प्रयास गरेका कारण पनि यस पटक नभनी बस्ने निर्णयमा पुगेको हुँ ।’

‘१६ औं पटकको अनसन बस्दा कसैलाई थाहा नदिई बस्ने मात्र होइन, कुन ठाउँमा बस्ने भन्ने समेत कसैलाई पत्तो नदिने निर्णय गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?