Comments Add Comment

स्ट्याण्डर्ड चार्टर्डले गर्‍यो संवाददाता बैङ्किङ एकेडेमी कार्यशाला

१५ असाेज, काठमाडौं  । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपालले हालै संवाददाता बैङ्किङ एकेडेमीको तेस्रो एक दिवसीय कार्यशाला गोष्ठी आयोजना गरेको छ । काठमाडौंमा सम्पन्न उक्त कार्यशालामा विभिन्न वाणिज्य बैङ्कका १ सय जनाभन्दा बढी व्यवस्थापकीय तहका कर्मचारी सहभागी थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्तीय अपराध कम गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्य हुनु जरुरी रहेको बताए ।

नेपाल राष्ट्र बैंकका वित्तिय अनुसन्धान इकाईका देवेन्द्र गौतमले राष्ट्र बैंकका विभिन्न गतिविधिहरुका साथै त्यसले चालेका कदमहरुका बारेमा प्रकाश पारे ।

यसैगरी सम्पति शुद्धिकरण अनुसन्धान विभागका प्रमुख जीवनप्रकाश सिटौलाले कार्यशाला गोष्ठीको समापन गर्दै संयुक्त लेखाजोखा माथिको महत्व र नेपाली सेक्टरमा ‘AML/CTF ‘ को वर्तमान अवस्थाका बारेमा चित्रण गरे ।

कार्यशालामा सहभागीहरु बीच वित्तिय अपराध र अनुपालनको महत्वपूर्ण पक्षहरु नगद, व्यवसायमा आधारित अवैध-सम्पति शुद्धिकरण, वित्तिय अपराधहरुको न्यूनीकरणमा सक्रिय दृष्टिकोण अपनाउने जस्ता विषयहरुमा गहन छलफल भएको थियो ।

यसैगरी, कार्यशालाले थाहा पाउनुहोस आफ्नो ग्राहक -केवाइसी) र वैदेशिक गतिविधि नियन्त्रण बल (FATF) सँग मिलेर सहकार्य गर्दै वित्तिय अपराध अनुपालन कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्नेमा पनि जोड दिएको थियो ।

कार्यशालाको सहजीकरण स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिंगापुरका एफसिसी नियन्त्रणका क्षेत्रीय प्रमुख प्याटि्रक बर्न्स, स्ट्याण्डर्ड चार्टर्ड बैंकका जिसिएनए, एसियन र साउथ एशियाका क्षेत्रीय युएस ल अनुपालन अधिकृत, सुसन मर्चैन्ट र स्ट्याण्डर्ड चार्टर्ड साउथ एशिया, टिबी करेस्पोण्डेन्ट बैंकिङ्गका क्षेत्रीय प्रमुख शिव रमन सुब्रहमण्यमले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment