Comments Add Comment

स्वस्थ जीवनका लागि खानपानमा कसरी ध्यान दिने ? यस्तो छ तरिका

स्वस्थ रहनुको मतलब कहिलेकाहीँ सलाद खाने वा केही हप्तामा एकपटक हाइकिङ जानु मात्रै होइन । स्वस्थ रहनको लागि हामीले आफ्नो जीवनशैलीमा पनि धेरै सुधार गर्नुपर्छ ।

स्वस्थ रहन चाहनुहुन्छ भने लागि तपाईंले आफ्नो तर्फबाट केही मेहनत त गर्नैपर्छ किनभने मानिसको स्वास्थ्य भन्दा ठूलो धन अरु छैन ।
स्वस्थ जीवनशैली अपनाउनको लागि नियमित रुपले स्वस्थ खानुहोस्, व्यायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनुहोस् र सरसफाइमा ध्यान दिनुहोस् ।

तौल घटाउन तपाईंले कहिल्यै पनि फ्याड डाइटिङ गर्नुहुन्न र पर्याप्त नसुत्ने बानीबाट बच्नुपर्छ ।

जीवनशैलीमा परिवर्तन ल्याउनको लागि आनीबानीमा थोरै सुधार गर्नुपर्छ तर, स्वास्थ्यमा परिवर्तन त्यतिखेर मात्रै हुन सक्छ जब तपाईं मेहनत गर्न तयार हुनुहुन्छ ।

स्वस्थ जीवनयापनको लागि खानपानमा यसरी ध्यान दिनुहोस्ः

अस्वस्थ चिल्लोको मात्रा कम भएको खानेकुरा रोज्नुहोस्

अस्वस्थ फ्याट भन्नाले ट्रान्स र अनसेचुरेटेड फ्याट दुवै समावेश हुन्छ । यी फ्याटले शरीरमा एलडिएल कोलेस्टेरोल बढ्छ र यसले मुटु रोगको सम्भावना बढ्छ ।

जुन खानामा ट्रान्स फ्याट धेरै हुन्छ त्यसमा सर्टेनिङ र मार्गरिन समावेश आइटमहरु पर्छन् । जसमा आंशिक हाइड्रोजनेटेड आयलहरु हुन्छन् । बेक गरिएका खाना, फ्राइ गरिएका खाना,  फ्रोजन पिज्जा र अन्य प्रशोधित खानामा धेरै ट्रान्सफ्याट हुन्छ ।

अनसेचुरेटेड फ्याटले भरिपूर्ण पदार्थमा पिज्जा, चीज, रातो मासु र फुल फ्याट डेरी प्रोडक्ट पर्छन् । कोकोनट आयलमा पनि अनसेचुरेटेड फ्याट धेरै हुन्छ र यसले गुड कोलेस्टेरोल पनि बढ्न सक्छ त्यस हिसाबले प्रयोग गर्दा भने कुनै समस्या हुँदैन ।

स्वस्थ फ्याट पनि कम सेवन गर्नुहोस्

पोली अनसेचुरेटेड र ओमेगा ३ फ्याट स्वस्थ जीवनशैलीको लागि उचित विकल्प हो । यी फ्याटले तपाईंको एलडी कोलेस्टेरोल कम गरेर एचडिएल कोलेस्टेरोललाई बढाउँछ जसले मुटुरोगको सम्भावना कम हुन्छ । त्यसैले ओलिभ, केनोला, सोया, पिनट र कर्न आयल रोज्नुहोस् ।

माछामा ओमेगा ३ फ्याटी एसिड धेरै हुन्छ । साल्मन, टूना, ट्राउट म्याकरिल सारडाइन जस्ता माछाहरु रोज्नुहोस् । ओमेगा २ फ्लेक्ससिड प्लान्ट आयल्स, नट्स र सीड्स जस्ता वनस्पतीबाट पनि पाउन सकिन्छ तर, तपाईंको शरीरले यसलाई छिटै पचाउन सक्दैन ।
सुगर र प्रशोधित कार्वोहाइड्रेट कम भएका खाना रोज्नुहोस्

मिठाई, सफ्ट डि्रंक, धेरै गुलिया फ्रुट जुस र हृवाइट ब्रेडको सेवन कम गर्नुहोस् । यसको सट्टा फलफूल ताजा जुस र होल ग्रेन ब्रेड छान्नुहोस् ।
प्रशोधित खाना खानुको सट्टा विभिन्न प्रकारका होल फुड्स खानुहोस् । होल फुड्समा कार्बोहाइड्रेट प्रोटिन फ्याट र अन्य पदार्थहरुको सही समन्वय हुन्छ ।

फलफूल र सागसब्जी धेरै खानुहोस्

उच्च भिटामिन र मिनरलको मात्राको लागि फलहरु र सब्जीहरुको सेवन गर्नुहोस् । चिनी र नून धेरै हुने क्यानमा आउने सब्जीहरुकोे सट्टा ताजा फलफूल र सागसब्जीहरु खानुहोस् ।

प्रोटिनको लागि पातलो मासु, गेडागुडी र तोफुको सेवन गर्नुहोस् । होल ग्रेन युक्त गहुँको रोटी, पास्ता, ब्राउन राइसको मजा लिनुहोस् ।

कम फ्याटयुक्त डेरी प्रोडक्ट खानुहोस् । स्किम दूध र कम फ्याटयुक्त चीजले तपाईंको फ्याट सेवन कम गर्छ र तपाईंलाई क्याल्सियम भरपूर मात्रामा मिल्ने सुनिश्चित पनि गर्छ ।

अर्गानिक खानेकुरालाई प्राथमिकता दिनुहोस्

कुनै अर्गानिक फूड स्टोर वा लोकल कृषि बजारबाट सामान किन्नुहोस् । अर्गानिक खाना धेरै पौष्टिक त हुँदैन तर, त्यसमा किटनाशक वा फुड एडिटिभ्स हुँदैनन् । सामान्य रुपमा यो पर्यावरण र पृथ्वीको लागि पनि उपयुक्त हुन्छ ।

यदि तपाईंलाई मुल्यको चिन्ता छ भने केही अर्गानिक खानेकुरा जस्तै स्याउ, स्ट्रबेरी, स्टोन फ्रुट, अंगुर, हरियो सागसब्जी, आलु आदि किन्नुहोस् ।

यस्ता सागसब्जीहरु र फलफूलमा उत्पादनको क्रममा अन्य चीजमा भन्दा धेरै किटनाशक प्रयोग हुन्छ त्यसैले सकेसम्म यस्ता चिजहरु अर्गानिक रोज्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment