१६ असाेज, काठमाडौं । मोटरसाइकल ब्रान्डमध्ये एक यामाहाले आफ्ना ग्राहकहरुका लागि साताव्यापी ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अफर ल्याएकाे छ । यो अफर अन्तर्गत यामाहा ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा सर्वोत्कृष्ट मूल्यांकन पाइने कम्पनी बताउँछ ।
यामाहाको यो ग्राहक–केन्द्रित अभियान नेपालभरका यामाहा सोरुमहरुमा १४ असोजदेखि १९ असोजसम्म संचालन हुने जनाइएकाे छ ।
‘अहिलेको समय पुराना मोटरसाइकल वा स्कुटर साटेर प्राविधिक रुपमा अत्याधुनिक यामाहामा अपग्रेड हुने सबैभन्दा उत्तम समय हो,’ एमएडब्लु इन्टरप्राइजेज, टु–ह्विलर डिभिजनका सीइओ चिरञ्जीवी शाहले भने, ‘यो अवधिमा ग्राहकले जुनसुकै ब्रान्डका पुरानो मोटरसाइकलको सबैभन्दा उच्चतम मूल्यांकन पाउनेछन् । साथै, जुनसुकै ब्रान्डका जस्तोसुकै अवस्थाका मोटरसाइकलको कम्तीमा ३० हजार रुपैयाँ मूल्यांकन पाउनेछन् ।’
यामाहाले दसैं र तिहारलाई लक्षित गरी ‘विजय यात्रा’ नामको योजना ल्याएको थियो, जसमा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएकाे छ । त्यसैगरी, हरेक हप्ता हुने लकी ड्रमा एक जनाले ब्रान्ड न्यु यामाहा आर३ जित्न सक्ने कम्पनी बताउँछ ।
देसैंकै अवसरमा यामाहाले हरेक मोटरसाइकल वा स्कुटरको टेस्ट राइडमा सप्र्राइस गिफ्ट प्रदान गर्दै आएको छ भने यामाहा स्कुटर वा सलुटो बाइक २० प्रतिशत डाउन पेमेन्टमा समेत उपलब्ध गराउँदै आएको छ ।
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ प्रविधि रहेको इन्जिन छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउने र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइने कम्पनीकाे दाबी छ ।
प्रतिक्रिया 4